उम्मेदवाहरुद्वारा संयुक्त पत्रकार सम्मेलन गर्दै चापाकोटका बुथ कब्जा भएका ठाउँमा पुन मतदानको माग
वालिङ,५ मङ्सिर– हिजो सम्पन्न भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ बुथमा पुन मतदानको माग गर्दै निर्वाचन क्षेत्र नम्बर दुईका उम्मेदवाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेकाछन् ।
पत्रकार सम्मेलनमा चापाकोटका ४ बुथमा नेपाली नेपाली कांग्रेसले बुथ कब्जामा लिएर अनधिकृत रुपमा भोट खसालेको र अन्यदलका प्रतिनिधिहरुलाई मतदान स्थलबाट बाहिर निकालेको पत्रकार सम्मेलनमा बताइएको छ ।
चापाकोट दिसिङकोट आधारभूत विद्यालय कमरे वडा नम्बर ४ को राममन्दिर मावि दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र वडा नम्बर ५ को जनसक्रिय मावि चिठ्ठी पोखरीमतदान केन्द्रमा बुथ कब्जा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सचिव एवं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्यालले चापाकोटमा भएको घटनाले आफुलाई निकै दुख लागेको बताउदै जनताले लडेर ल्याएको लोेकतन्त्रमा जनताले आफुले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउँदैन भन्दै प्रश्न गर्नुभयो । आफुहरु कसैको पक्षविपक्षमा नभएर जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । जनताको मताधिकार खोस्नेले लोकतन्त्रको कुरा गर्न नसुहाउने बताउनुभयो ।
निर्वाचनमा हारजित स्वभाविक भएको बताउदै आफुहरु जनताले आफ्नो मताधिकार आफै प्रयोग गर्न अधिकारको हनन भएको अर्यालले बताउनुभयो । विगतका निर्वाचनमा पनि सय क्षेत्रमा यस्ता कार्यहरु हुदै आएको र यो कार्य लोकतन्त्रमा लज्जास्पद भएको बताउदै पुन मतदानको घोषणा गर्न समेत निर्वाचन आयोग संग माग गर्नुभयो ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघ आलेले यो घटना लोकतन्त्रमा नसुहाउने घटना भएको बताउदै पुन मतदानको माग गर्दै निर्वाचनको घोषणा गर्न माग गर्नुभयो ।
यसै गरि राप्रपाका उम्मेदवार लालगोपाल अर्याल, स्वतन्त्र उम्मेदवार ढाल प्रसाद पाण्डे लगायतका गठबन्धन इतरका उम्मेदवारहरुले बुथ कब्जा गरिएको ठाउँमा पुन मतदान नभए सम्म मतगणना हुन नसक्ने बताएकाछन् ।
एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा बुथ कब्जा भएका मतदान केन्द्रको मत रद्द गरि पुन मतदानको घोषणा गर्न माग गर्दै निबेदन समेत दर्तागराएको जानकारी गराइएको छ ।
बुथ कब्जा गरिएको भनिएका ठाउँमा ९५ प्रतिशत देखि ९८ प्रतिशत सम्म मत खसेको जनाइएको छ ।




ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















