उम्मेदवाहरुद्वारा संयुक्त पत्रकार सम्मेलन गर्दै चापाकोटका बुथ कब्जा भएका ठाउँमा पुन मतदानको माग
वालिङ,५ मङ्सिर– हिजो सम्पन्न भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ बुथमा पुन मतदानको माग गर्दै निर्वाचन क्षेत्र नम्बर दुईका उम्मेदवाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेकाछन् ।
पत्रकार सम्मेलनमा चापाकोटका ४ बुथमा नेपाली नेपाली कांग्रेसले बुथ कब्जामा लिएर अनधिकृत रुपमा भोट खसालेको र अन्यदलका प्रतिनिधिहरुलाई मतदान स्थलबाट बाहिर निकालेको पत्रकार सम्मेलनमा बताइएको छ ।
चापाकोट दिसिङकोट आधारभूत विद्यालय कमरे वडा नम्बर ४ को राममन्दिर मावि दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र वडा नम्बर ५ को जनसक्रिय मावि चिठ्ठी पोखरीमतदान केन्द्रमा बुथ कब्जा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सचिव एवं क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्यालले चापाकोटमा भएको घटनाले आफुलाई निकै दुख लागेको बताउदै जनताले लडेर ल्याएको लोेकतन्त्रमा जनताले आफुले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउँदैन भन्दै प्रश्न गर्नुभयो । आफुहरु कसैको पक्षविपक्षमा नभएर जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । जनताको मताधिकार खोस्नेले लोकतन्त्रको कुरा गर्न नसुहाउने बताउनुभयो ।
निर्वाचनमा हारजित स्वभाविक भएको बताउदै आफुहरु जनताले आफ्नो मताधिकार आफै प्रयोग गर्न अधिकारको हनन भएको अर्यालले बताउनुभयो । विगतका निर्वाचनमा पनि सय क्षेत्रमा यस्ता कार्यहरु हुदै आएको र यो कार्य लोकतन्त्रमा लज्जास्पद भएको बताउदै पुन मतदानको घोषणा गर्न समेत निर्वाचन आयोग संग माग गर्नुभयो ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार मेघ आलेले यो घटना लोकतन्त्रमा नसुहाउने घटना भएको बताउदै पुन मतदानको माग गर्दै निर्वाचनको घोषणा गर्न माग गर्नुभयो ।
यसै गरि राप्रपाका उम्मेदवार लालगोपाल अर्याल, स्वतन्त्र उम्मेदवार ढाल प्रसाद पाण्डे लगायतका गठबन्धन इतरका उम्मेदवारहरुले बुथ कब्जा गरिएको ठाउँमा पुन मतदान नभए सम्म मतगणना हुन नसक्ने बताएकाछन् ।
एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा बुथ कब्जा भएका मतदान केन्द्रको मत रद्द गरि पुन मतदानको घोषणा गर्न माग गर्दै निबेदन समेत दर्तागराएको जानकारी गराइएको छ ।
बुथ कब्जा गरिएको भनिएका ठाउँमा ९५ प्रतिशत देखि ९८ प्रतिशत सम्म मत खसेको जनाइएको छ ।




ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















