चापाकोटको चिठ्ठी पोखरी मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान गराउन माग
वालिङ,४ मङ्सिर– चापाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ढाल प्रसाद पाण्डे र नेकपा एमाले क्षेत्र न २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्यालका मतदान प्रतिनिधिले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै निवेदन दिएकाछन् ।
नेपाली कांग्रेसका कार्यक्रताले बुथ कब्जा गरेर एकलौटी रुपमा मतदान गरेको र निर्वाचन अधिकृतलाई मर्यादित रुपमा मतदान प्रकृया अगाडी बढाउन अनुरोध गर्दा आफुहरुलाई मतदान केन्द्रबाट बाहिर निकालिएको स्वत्रन्त्र उम्मेदवारका प्रतिनिधि सन्देश डोटेल र एमाले उम्मेदवारका तर्फबाट प्रतिनिधि रहनुभएका उजिन्द्र मल्लद्वारा दिएको निवेदनमा उल्लेख गरिएको छ ।
मतदान अधिकृतलाई निवेदन बुजाउदा निवेदन बुजन अस्विकार गरेको समेत प्रतिनिधिहरुले दिएको निवेदनमा उल्लेख गरिएको छ । त्य मतदान केन्द्रमा मतदान अधिकृत नारायण बन्दु अर्यालले निवेदन लिन अस्विकार गरेको प्रतिनिधिहरु द्वारा दिएको निवेदनमा उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा, निर्वाचन अयोग काठमाडौं मतदान अधिकृत जनशक्ति आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रलाई बोधार्थ राखेर निवेदन दिइएको छ ।
यसै गरी चापाकोटको दारसिङमा रहेको मतदान केन्द्रमा पुग्नुभएकी उम्मेदवार पद्मा अर्याललाई सुरक्षाको कारण देखाउदै बाहिर निकालिएको छ । निवार्चन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले कार्यालयमा निवेदन परेको र यस विषयमा जाचबुझ हुने बताउनुभयो ।
यसै गरी गल्याङ नगरपालिका ७ स्थित महेन्द्र दर्शन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा एक राउण्ड हवाई फायर भएको छ । मतदानका विषयमा बिवाद भएर होहल्ला हुदा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको प्रहरीले जनाएको छ । केही समय मतदान प्रक्रिया रोकिएपनि बिवाद समाधान गरेर मतदान सुचारु भएको प्रहरीले जनाएको छ ।

ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















