देश र जनताको भविष्यका लागि एमाले अपरिहार्य ः अर्याल


गोपाल जिटी
वालिङ,३० कात्तिक– देश र जनताको भविष्यका लागि नेकपा एमाले अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताउनु भएको छ ।
देशको विकासमा अरु दलहरु भन्दा नेकपा एमाले एक कदम अगाडि रहेकाले देश र जनताको भविष्यका लागि नेकपा एमाले अपरिहार्य भएको पार्टीका सचिव तथा पूर्व मन्त्रीसमेत रहनु भएकी अर्यालले बताउनु भएको हो ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बुधबार वालिङ १३ का मतदातासँग भेटघाटका क्रममा अर्यालले ३० वर्षमा नभएको विकास २०७४ को चुनाव पछि केपी ओलीको नेतृत्वमा बनेको सरकारले साढे तीन वर्षमा गरेको उल्लेख गर्नुभयो ।

एमालेको नेतृत्वमा सरकार बनेपछि ग्रामिण सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनका क्षेत्रमा विकासले गतिलिने काम भएको अर्यालको भनाई छ । उहाँले भन्नुभयो,“वषौंदेखि अलपत्र परेका अन्तराष्ट्रिय विमान स्थल निर्माणदेखि सुरुङमार्गको थालनी, पूर्व पश्चिम द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु एमालेको सरकारले गरेको सबैका अगाडि स्पष्ट भएको विषय हो ।

एक पालिका एक अस्पताल, एक वडा एक स्वास्थ्य चौकी निर्माण गर्ने अभियान तथा स्वास्थ्य बीमाको कार्यक्रम लागु भएको छ । आवस्यकताका आधारमा भवन निर्माणसहित विद्यालयमा स्यानिटरी प्याडको सुरुवात गरिएको छ । अहिले सूचना तथा प्रविधिको युग भएकाले समय अनुरुपको शिक्षाका लागि एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणाले सार्थकता पाएको छ । स्थानीय उत्पादनले मानिसलाई स्वरोजगारी सिर्जना गर्ने र जीविकोपार्जनमा सहज बनाउनका लागि कृषिमा यान्त्रिकिरणसहित व्यावसायिकरणमा जोड दिइएको छ । यसका लागि कृषकको वृत्ति विकास गर्ने हेतुले अनुदान लगायत विभिन्न प्रोत्साहनका कार्यक्रम अगाडि बढेको छ ।”

आँफू मन्त्रीमा रहँदा स्याङ्जाका धेरै सडकहरु कालोपत्रे भएको र अब भित्रि सडकहरुलाई प्राथमिकता दिइने अर्यालले उल्लेख गर्नुभयो । वृहत खानेपानी आयोजना अन्तर्गत जिल्लाका धेरै ठाउँमा खानेपानीको व्यवस्था गरिएको छ र बाँकी रहेका केही स्थानमा अबका दिनमा पूरा गर्ने दायित्व पनि आँफूहरुले नै लिने उहाँले औंल्याउनुभयो ।

बालबालिकाहरुको भविष्य निर्माणदेखि जेष्ठ नागरिक सम्मान गर्ने पार्टी नेकपा एमाले भएकोसमेत आम नागरिकका बीच स्पष्ट छ ।
अरुले कुरा गर्छन्, हामी काम गछौं, त्यसैले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मत दिई विजयी गराउन पूर्व मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal