देश र जनताको भविष्यका लागि एमाले अपरिहार्य ः अर्याल
गोपाल जिटी
वालिङ,३० कात्तिक– देश र जनताको भविष्यका लागि नेकपा एमाले अपरिहार्य भएको स्याङ्जा क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा अर्यालले बताउनु भएको छ ।
देशको विकासमा अरु दलहरु भन्दा नेकपा एमाले एक कदम अगाडि रहेकाले देश र जनताको भविष्यका लागि नेकपा एमाले अपरिहार्य भएको पार्टीका सचिव तथा पूर्व मन्त्रीसमेत रहनु भएकी अर्यालले बताउनु भएको हो ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बुधबार वालिङ १३ का मतदातासँग भेटघाटका क्रममा अर्यालले ३० वर्षमा नभएको विकास २०७४ को चुनाव पछि केपी ओलीको नेतृत्वमा बनेको सरकारले साढे तीन वर्षमा गरेको उल्लेख गर्नुभयो ।
एमालेको नेतृत्वमा सरकार बनेपछि ग्रामिण सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनका क्षेत्रमा विकासले गतिलिने काम भएको अर्यालको भनाई छ । उहाँले भन्नुभयो,“वषौंदेखि अलपत्र परेका अन्तराष्ट्रिय विमान स्थल निर्माणदेखि सुरुङमार्गको थालनी, पूर्व पश्चिम द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु एमालेको सरकारले गरेको सबैका अगाडि स्पष्ट भएको विषय हो ।
एक पालिका एक अस्पताल, एक वडा एक स्वास्थ्य चौकी निर्माण गर्ने अभियान तथा स्वास्थ्य बीमाको कार्यक्रम लागु भएको छ । आवस्यकताका आधारमा भवन निर्माणसहित विद्यालयमा स्यानिटरी प्याडको सुरुवात गरिएको छ । अहिले सूचना तथा प्रविधिको युग भएकाले समय अनुरुपको शिक्षाका लागि एक पालिका एक प्राविधिक शिक्षालयको अवधारणाले सार्थकता पाएको छ । स्थानीय उत्पादनले मानिसलाई स्वरोजगारी सिर्जना गर्ने र जीविकोपार्जनमा सहज बनाउनका लागि कृषिमा यान्त्रिकिरणसहित व्यावसायिकरणमा जोड दिइएको छ । यसका लागि कृषकको वृत्ति विकास गर्ने हेतुले अनुदान लगायत विभिन्न प्रोत्साहनका कार्यक्रम अगाडि बढेको छ ।”
आँफू मन्त्रीमा रहँदा स्याङ्जाका धेरै सडकहरु कालोपत्रे भएको र अब भित्रि सडकहरुलाई प्राथमिकता दिइने अर्यालले उल्लेख गर्नुभयो । वृहत खानेपानी आयोजना अन्तर्गत जिल्लाका धेरै ठाउँमा खानेपानीको व्यवस्था गरिएको छ र बाँकी रहेका केही स्थानमा अबका दिनमा पूरा गर्ने दायित्व पनि आँफूहरुले नै लिने उहाँले औंल्याउनुभयो ।
बालबालिकाहरुको भविष्य निर्माणदेखि जेष्ठ नागरिक सम्मान गर्ने पार्टी नेकपा एमाले भएकोसमेत आम नागरिकका बीच स्पष्ट छ ।
अरुले कुरा गर्छन्, हामी काम गछौं, त्यसैले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मत दिई विजयी गराउन पूर्व मन्त्री अर्यालले आग्रह गर्नुभयो ।
ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















