स्याङ्जावासीले कसलाई पहिराउलान त, विजयको माला ?

वालिङ,३० कात्तिक– मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनले यतिबेला निर्वाचनमय बनेको छ । निर्वाचन आयोगले मंसिर १ गतेसम्मका लागि प्रचार प्रसार गर्ने समयअवधि दिएको छ भने उम्मेद्वाहरु आआफ्नो क्षेत्रमा चुनावि प्रचारप्रसारमा व्यस्त रहेकाछन् ।

स्याङ्जामा ८ वटा दलसहित केही स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेसन पार्टी, जन समाजवादी पार्टी, गरी ८ दलसहित स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् ।

दुई निर्वाचन क्षेत्र र ४ प्रदेश गरी ६ पदका लागि जिल्लामा प्रतिष्पर्धा हुँदै छ । जति धेरै दल र उम्मेदवार भए पनि विशेषगरी नेकपा एमाले र नेपाली कांग्रेसका बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नम्वर १ मा नेकपा एमालेले नारायण मरासिनीलाई उम्मेदवार बनाएको छ । मरासिनी निवर्तमान सांसद हुनुहुन्छ । मरासिनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसले जिल्ला पार्टी सभापति राजु थापालाई खडा गरेको छ । थापालाई गठवन्धनको साथ रहेको छ ।

संविधानसभा र २०७४ को निर्वाचनमा पनि मरासिनी र थापाबीच नै प्रतिस्पर्धा भएको थियो । संविधानसभा निर्वाचनमा थोरै मतले पराजित हुनुभएका मरासिनी २०७४ को निर्वाचनमा १० हजार ५ सय ७४ को मतान्तरले विजयी हुनुभएको थियो । यसरी क्षेत्र नम्वर १ ले यी दुवै जनाको १÷१ कार्यकाल हेरिसकेका छन् । दुवै पार्टीले नयाँलाई ठाउँ नदिएर पुरानै अनुहार दोहोर्याएका हुन । जनताले दुईमध्ये कसलाई रोज्छन् भन्ने मंसिर ४ गतेकोे मतदानले फैसला गर्ने छ ।

यो क्षेत्रको प्रदेश क मा गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादीकी अमृता थापा र एमालेका सीता सुन्दास प्रतिस्पर्धामा उत्रेका छन् । थापा पार्टीको केन्द्रीय पोलिट व्युरो सदस्य हुनुहुन्छ भने सुन्दास पार्टीको केन्द्रीय सदस्य, स्याङ्जा जिल्ला इन्चार्ज तथा जिल्ला समन्वय समितिकि पूर्व प्रमुख हुनुहुन्छ ।

यो प्रदेशमा कांग्रेसका तर्फबाट मेखलाल श्रेष्ठले पनि उम्मेदवारी दिनु भएको थियो । गठवन्धनको साझा उम्मेदवारीको मान्यता थापालाई दिने भएपछि श्रेष्ठ पछि हट्नु भएको हो ।
यस्तै प्रदेश ख मा एमालेका सुधिरकुमार पौडेल र कांग्रेसका कुमार रानाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । पौडेल पार्टीको गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य तथा आँधिखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने राना पार्टीका निवर्तमान कार्यवाहक जिल्ला सभापति हुनुहुन्छ ।

यसैगरी जिल्लाको क्षेत्र नम्वर २ मा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । अर्याल पूर्वमन्त्री तथा एमाले केन्द्रीय सचिव हुनुहुन्छ भने गुरुङ नेपाली कांग्रसको केन्द्रीय उपसभापति हुनुहुन्छ । यी दुईको उम्मेद्वारीलाई हेविवेट प्रतिस्पर्धाकारुपमा हेरिएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेसका नेता एवं बहालवाला मन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर चर्चामा आउनुभएकी नेकपा एमाले नेत्रृ अर्याल एमालेले सरकार बनाएसँगै स्वास्थ्य मन्त्रालय हुदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

अर्याल मन्त्री भएका बेला आफ्नै स्रोत र साधनको प्रयोग गरेर पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने, लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत गुमेको नेपाली भूमि समेटिएको नेपालको नयाँ नक्साङ्कन गर्ने,स्वास्थ्य संस्था विस्तारका लागि एक पालिका एक अस्पताल, एक वडा एक स्वास्थ्य चौकी स्थापना गर्ने अभियान अन्तर्गत देशभरका पालिकाहरुमा एकैदिन शिलान्यास लगाएतका कामले चर्चा पाएको थियो ।

यसैगरी सिमा क्षेत्रमा हराएका स्तम्भ खोजविन तथा निर्माण र व्यक्तिहरुबाट ओगटिएका सार्वजनिक जग्गा सरकारको मातहत ल्याउने लगायतका कामले प्राथमिकता पाएको थियो ।
अर्यालका प्रतिस्पर्धी कांग्रेसका उपसभापति गुरुङ निडर, स्पष्ट वक्ता तथा कुशल नेताकारुपमा चिनिनुहुन्छ । यसका साथै गुरुङले भ्रष्टाचार विरोधी नेताकारुपमा आँफूलाई उद्घोष गर्दै आउनु भएको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यस क्षेत्रमा टिकराज गुरुङले उम्मेदवारी दर्ता संगै चुनावी अभियानलाई तिब्र पार्नुभएको छ । लामो समय शिक्षण पेशा संगै सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका गुरुङको उम्मेद्वारीले यस निर्वाचन क्षेत्रमा निकै चर्चा पाउनुका साथै चुनावी माहोललाई थप तताएको छ ।

क्षेत्र नम्वर २ को प्रदेश क मा एमालेका मोहन रेग्मीसँगको प्रतिस्पर्धाका लागि कांग्रेसले भोजराज अर्याललाई उभ्याएको छ । रेग्मी अघिल्लो कार्यकालका प्रदेश सांसद हुनुहुन्छ भने अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ ।

यो क्षेत्रमा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले गठवन्धनका तर्फबाट उम्मेदवारी दिनु भएको थियो । आँफूलाई गठवन्धनका तर्फबाट आधिकारिक उम्मेदवारी रहेको भन्दै आउनुभएका भट्टराई अन्ततः केन्द्रीय निर्णय फेरिएर आएको बताउदै उम्मेदवारी निष्कृया पार्न वाद्य हुनुभयो । भट्टराईको उम्मेदवारी निष्कृयतासँगै अर्याललाई केही सहज भएको आँकलन गरिएको छ ।

यस्तै प्रदेश ख मा एमालेका डा. बुद्धिमान श्रेष्ठसँग कांग्रेसका महेश भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । श्रेष्ठ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ भने भट्टराई पार्टीमा योे प्रदेशको सभापति हुनुहुन्छ ।

स्याङ्जामा गठवन्धन मान्दैनौ, आफनै पार्टीका उम्मेदवारलाई जिताएर पठाउँछौ भन्दै आएको कांंग्रेसले क्षेत्र नम्वर १ को प्रदेश क मा भने माओवादीकी थापालाई गठवन्धनको आधिकारिक उम्मेदवार स्वीकार्न वाद्यभयो ।
यसरी हेर्दा देशका विभिन्न जिल्लामा साझा उम्मेदवार खडा गरे पनि स्याङ्जामा गठवन्धनको प्रभाव कम देखिएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal