संघर्षले उदाएकी पद्मा अर्याल
वालिङ,१ मङ्सिर– प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जादा स्याङ्जामा चुनावी माहोल निकै तालेको देखिन्छ ।
जिल्लमा विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस बिच मुख्य चुनावी प्रतिस्पर्धा हुने सर्वसाधारहरुले बताउदै आएकाछन् ।
अज त्यसमा पनि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुई यतिबेला निकै चर्चामा आएको छ । नेकपा एमालेको केन्द्रीय सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ एउटै निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रीएपछि यस क्षेत्रको चुनावी माहोल थप रोचक बनेको छ । उम्मेदवाहरु आआफ्ना एजेण्डा लिएर मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएकाछन् ।
यसै बिच नेकपा एमाले नेत्रृ चुनाव आफुले जित्नेमा विश्वस्त हुनुहुन्छ । सानै उमेरमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएकी पद्मा अर्याल बिभिन्न बाधा र अवरोधहरुलाई छिचोल्दै अहिले नेकपा एमालेमा एक स्थापीत नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ ।
२०७८ मङ्सिर दोस्रो साता चितवनमा महाधिवेशनबाट एमालेको सचिवमा निर्वाचित हुनुभएकी आर्याल ०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका नेता एवं तत्कालीन नेपाल सरकारका उपप्रधान मन्त्री गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गरेर विजय भए संगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेत्रृत्मा गठन भएको सरकारमा अध्यक्ष ओलीको रोजाइमा मन्त्री बन्नुभएको थियो ।
स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रालयको नेत्रृत्व गर्ने अवशर प्राप्त गर्नुभएकी अर्यालले स्वास्थ्य मन्त्रालय, भूमीसुधार तथा थरीबि निवारण मन्त्रालय हुदै कृषि मन्त्रालयको जिम्मेवारी समालदा महत्वपूर्ण कार्य गरेकोले पनि अर्यालको कार्यकाल जनतामाझ एक सफल र सम्झन लायक कार्यकालका रुपमा स्थापित हुन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयमा रहदा सबै जनताको स्वास्थ्य विमा देखि एक पाललिका एक अस्पतालको नीति संगै भएको कार्यान्वयन स्वास्थ्यका क्षेत्रमा भएको एक महत्वपूर्ण कार्यका रुपमा स्थापित भएको छ । यसैगरी भूमीसुधार तथा गरीबि निवारण मन्त्रालयमा रहेर आर्यालले बिभिन्न व्याक्तिद्वारा अतिक्रमणमा परेको सरकारी जग्गा सरकारका नाममा ल्याउन चालेको कदम संगै संसारकै उच्च सिखर सगरमाथाको आफ्नै देशका प्राविधिकहरुबाट सरकारको उपस्थितीमा नाप्नुका साथै नयाँ उचाई कायम गर्नुले पनि अर्यालको सम्झन लायक अर्को एक महत्पूर्ण कार्य हो भने लामो समयदेखि भारतको अतिक्रमणमा परेको र नेपालको नक्साबाट समेत हराएको कालापानी, लिपुलेक र लिम्पिया धुरालाई समेटर नेपालको नयाँ नक्सा जागरी गर्नु कम चुनौती पूर्ण कार्य थिएन त्यसैले पनि अर्यालको चर्चा राष्ट्रिय स्तरमै चुलिन पुग्यो ।
केही काम गरौ भन्ने हुटहुटीले अर्याललाई एक पछि अर्को महत्वपूर्ण काम गर्ने प्रेरणा मिल्यो र एक सहासी र सफल नेत्रृका रुपमा स्थापीत हुने सफलता मिल्यो ।
देशको लागि दुरगामी प्रभाव पर्नुका साथै राष्ट्रिय राजनीतिमा महत्व पूर्ण प्रभाव पार्ने खालका कार्यहरु भएपनि स्थानीय स्तरमा आफुहरुका समस्या सोचे अनुरुप समाधान नभएको भन्ने मतदाताहरुको गुनासोलाई नेत्रृ अर्यालले अबको कार्यकालमा पुरा गर्ने बताउदै आफुले मतदाताका साथै आम जनताको शिर उच्चो बनाउने काम गरेको र आगमी दिनमा पनि जनताको मतलाई देशको विकासमा लगाउने बताउदै कुनै
भ्रममा नपरी ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा लाग्नुभएकी आर्याल अखिलनेपाल महिला संगठन हुदै एमाले स्याङ्जाको अध्यक्ष हुनुभएको थियो । एमालेमा जिल्ला अध्यक्ष हुनेमा समेत अर्याल पहिलो हुनुहुन्छ ।
यिहुन अर्यालले मन्त्री पदमा रहदा गरेका महत्वपूर्ण कार्यहरु
– सबै जनताको स्वास्थ्य विमा देखि एक पाललिका एक अस्पतालको
– एक पाललिका एक अस्पताल
– बिभिन्न व्याक्तिद्वारा अतिक्रमणमा परेको सरकारी जग्गा सरकारका नाममा ल्याउने काम
– संसारकै उच्च सिखर सगरमाथाको उचाइ आफ्नै देशका प्राविधिकहरुबाट सरकारको उपस्थितीमा नाप्नुका साथै नयाँ उचाई कायम
– लामो समयदेखि भारतको अतिक्रमणमा परेको र नेपालको नक्साबाट समेत हराएको कालापानी, लिपुलेक र लिम्पिया धुरालाई समेटर नेपालको नयाँ नक्सा जागरी गर्ने कार्य
– अखु किसानको आन्दोलनको सम्बोधनका साथै कृषकहरुलाई सहज रुपमा मल उपलब्ध गराउने ब्यवस्थाका साथै अन्य विनकास निर्माणका कार्यहरु जिल्लाको खानेपानीका साथै ग्रामीण र सहायक सडकहरुको कालोपत्रे संघै बिभिन्न स्थानमा मोटरेवल पुलहरुको निर्माण कार्यहरु सम्पन्न भएपनि यद्यपी यि कामहरु जनअपेक्षा अनुसार पुरा गर्न बाकी रहेकोले आफुले सुरुवात गरेका योजना र विकास निर्माणका कामहरु सम्पन्न गर्न सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन एमाले नेत्रृ अर्यालले आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















