एमाले सचिव आर्याल सहितका नेताद्वारा उम्मेदवारी दर्ता

वालिङ,२३ असोज– यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एमालेका तर्फबाट एमाले उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदरी दर्ता गराएकाछन् ।

नेकपा एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी क्षेत्र नम्बर २ प्रदेशसभा क बाट नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले उम्मेदवारी दर्ता गराउनुभएको छ । रेग्मी यस अघि ०७४ को निर्वानमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभा ख बाट नेकपा एमाले नेता गण्डकी प्रदेश सचिवालय सदस्य डा. बुद्धिमान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमाले उम्मेदवारहरु बाजा गाजासहित कार्यक्रता र शुभचिन्तकका साथै उम्मेदवारी दर्ताको लागि पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै एमाले नेतृ अर्यालले राष्ट्रियताको रक्षाको लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । गठबन्धन सरकार राष्ट्रियताको विषयमा लाचार बनेको बताउदै एमाले सचिव अर्यालले राष्ट्रियताको रक्षाका साथै सुखि नेपाली समृद्ध नेपाल निर्माणको कार्यभार पुरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो । सम्पुर्ण मतदाताहरुलाई एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न समेत अर्यालले आग्रह गर्नुभयो ।

यसै गरी क्षेत्र नम्बर १ बाट प्रतिनिभि सभासदस्यको लागि नेकपा एमालेको तर्फबाट एमाले नेता एवं पूर्व साम्सद नारायण मरासिनीले उम्मेदवार दिनभएको छ भने प्रदेशसभा क बाट केन्द्रीय सदस्य सीता सुन्दासले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रदेशसभा ख बाट नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं आँधिखोला गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष सुधिर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal