गल्याङका ९ सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना
स्याङ्जा,२५ भदौ– गल्याङ नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने बानीको विकास गर्दै स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने उद्देश्य अनुसार गल्याङ नगरपालिका भित्र रहेका ९ ओटा विद्यालयम बालमैत्री पुस्तकालय स्थापना गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गल्याङ नगरापालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको सूर्योदय क्लबले जनाएको छ ।
पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर,कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो । यस पुस्तकालयमा ४ वर्ष सम्म नियमित रुपमा पुस्तकहरु थप गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि थप विद्यालयमा पुस्तकालय स्थापना गर्दै जाने योजना समेत रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले जानकारी दिनुभयो ।

रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीतामा जिल्लाका अन्य विद्यालयहरुमा थप पुस्तकालय स्थापना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । पुस्तकालय स्थापना गरिएका विद्यालयहरु बज्रेभान्ज्याङ माध्यमिक विद्यालय,गल्कोट माध्यमिक विद्यालय,ज्ञानज्योती आधारभूत विद्यालय,हिमाञ्चल आधारभूत विद्यालय,लखन थापा आधारभूत विद्यालय,नरोदय माध्यमिक विद्यालय,पक्वादी माध्यमिक विद्यालय,शिशुकल्याण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालय रहेकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















