शैक्षिक क्षेत्रको रुपान्तरण समृद्धिको आधार नगरप्रमुख भट्टराई

गल्याङ,२३ भदौ– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले नगरको समृद्धिको प्रमुख आधार भनेको शिक्षा क्षेत्रमा गरिने रुपान्तरण भएको भएको बताउनुभएको छ ।

५६ औ अन्तरास्ट्रिय शाक्षरता दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले साक्षर र शिक्षित नागरिकबाट जुन किसिमको समाजको परिकल्पना गरिएको छ त्यो समाज निर्माणका लागि नागरिक शिक्षित मात्र होइन चेतनाको स्तर र चारित्रिक रुपान्तरण नभइ सामाजिक रुपान्तरणको परिकल्पना सम्भव नहुने बताउनुभएको हो ।
साथै उहाँले समृद्ध गल्याङ र समुन्नत नगरवासीको सपना लिएर आफु अघि बढिरहेको हुदा त्यो सपना साकार पार्न सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

नगरपालिकाको सभाहलमा शिक्षा दिवशको अवसरमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष एवं सामाजिक समितिका संयोजक घनश्याम भट्टराई,वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नगर शिक्षा समितिका सदस्य दर्वेन्द्रदेव खनाल, प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा लगायतले लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनुहुने प्रतियोगिहरुलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट शिक्षक,उत्कृष्ट प्रधानाध्यापक,उत्कृष्ट विद्यालय ब्यवस्थापन समिति तथा सेवा निवृत्त हुनुभएका शिक्षक शिक्षक एवं शिक्षा क्षेत्रमा योगदान गर्नुहुने विभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















