किसानलाई आधुनिक औजार

स्याङ्जा,२३ भदौ– पुतलीबजारका किसानलाई आधुनिक किसिमका औजार वितरण गरिएको छ । पुतलीबजार नगरपालिका र युएनडिपिको आर्थिक सहयोग एवं सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगतका ब्यवसायिक तरकारी उत्पादक किसानहरूलाई उनिहरूको आवश्यकता अनुसारको विभिन्न प्रविधिका साथै औजारहरू वितरण गरिएको छ ।

औजार वितरण कार्यक्रममा नगरप्रमुख तुलसी रेग्मीले तरकारी उत्पादनमा आयात प्रतिस्थापन गरि निर्यात गर्ने पालिकाका रूपमा पुतलीबजार नगरपालिकालाई स्थापित गर्ने अभियान रहेको बताउनु भयो । सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले किसान उद्यमीहरूलाई प्रविधि मैत्री, खेतबारीमा नै प्राविधिक सहयोग र उचित परामर्शबाट उत्पादनमा बृद्धि भएको जानकारी दिनु भयो ।

यय कार्यक्रम अन्तरगतका पुतलीबजारका ७५ जना किसानहरूलाई डिजिटल तराजु, ब्याट्री स्प्रे सेट, स्प्रिङकलर, क्यारेट, पाईप लगायतका सामाग्रीहरू वितरण गरिने छ ।
कार्यक्रममा युएनडिपिका गण्डकी लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले हरित उद्यमशिलतामा जोड दिईएकोमा खुसी ब्यक्त गर्नु भयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal