किसानलाई आधुनिक औजार

स्याङ्जा,२३ भदौ– पुतलीबजारका किसानलाई आधुनिक किसिमका औजार वितरण गरिएको छ । पुतलीबजार नगरपालिका र युएनडिपिको आर्थिक सहयोग एवं सूर्योदय क्लवको ब्यवस्थापनमा संचालित हरित पुनरउत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तरगतका ब्यवसायिक तरकारी उत्पादक किसानहरूलाई उनिहरूको आवश्यकता अनुसारको विभिन्न प्रविधिका साथै औजारहरू वितरण गरिएको छ ।
औजार वितरण कार्यक्रममा नगरप्रमुख तुलसी रेग्मीले तरकारी उत्पादनमा आयात प्रतिस्थापन गरि निर्यात गर्ने पालिकाका रूपमा पुतलीबजार नगरपालिकालाई स्थापित गर्ने अभियान रहेको बताउनु भयो । सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले किसान उद्यमीहरूलाई प्रविधि मैत्री, खेतबारीमा नै प्राविधिक सहयोग र उचित परामर्शबाट उत्पादनमा बृद्धि भएको जानकारी दिनु भयो ।

यय कार्यक्रम अन्तरगतका पुतलीबजारका ७५ जना किसानहरूलाई डिजिटल तराजु, ब्याट्री स्प्रे सेट, स्प्रिङकलर, क्यारेट, पाईप लगायतका सामाग्रीहरू वितरण गरिने छ ।
कार्यक्रममा युएनडिपिका गण्डकी लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले हरित उद्यमशिलतामा जोड दिईएकोमा खुसी ब्यक्त गर्नु भयो ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार




















