गण्डकीका एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण

कास्की,१९भदौ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन् । 

गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो ।     

करिब ४० वर्षपछि राष्ट्रिय खेलकुद गण्डकीमा हुँदैछ, त्यसैले पनि गण्डकीले प्रतियोगितालाई विशेष महत्त्व दिएको छ । घरेलु मैदानमा हुने प्रतियोगितामा गण्डकीले धेरै पदक जित्ने लक्ष्य राखेको छ । 

प्रतियोगिताको एक महिना अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ गतदेखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेश परिषद्का सदस्य सचिव तेजबहादुुर गुरुङले बताउनुभयो ।     

यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय (हाइ अल्टिच्यूड) प्रशिक्षण दिने भएको छ । गण्डकीले राष्ट्रिय खेलकुदका स्वर्ण पदक जित्ने लक्ष्य राखेका भलिबल, बास्केटबल, कराँते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराँते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्यूड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

सदस्य सचिव गुरुङले भन्नुभयो, “हामीले पदकको बढी आस गरेका खेलका खेलाडीलाई हाइअल्टिच्यूडमा ट्रेनिङ गराउनेछौँ, यसबाट खेलाडीको आत्मबल र इस्टामिना बढाउने छ, मनाङको प्रशिक्षणपछि पोखरामा खेल्दा नतिजा राम्रो गर्न सघाउ पुग्ने आकलन छ ।”

बढी उचाइमा गरिने खेल अभ्यास र प्रशिक्षणले खेलाडीको प्रदर्शन राम्रो गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सदस्य सचिव गुरुङले सरकारले खेलाडीलाई तोकेको दैनिक खर्चले मनाङमा अभ्यास गर्न अपुग हुने भएकाले त्यस क्षेत्रका होटेल व्यवसायी लगायतसँग पनि सहयोगको आग्रह गरिएको बताउनुभयो । 

प्रदेश खेलकुदले जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि रु सात करोड ८५ लाख खर्च हुने अनुमान रहेको जनाएको छ । तयारीका लागि हालसम्म राखेपबाट रु ४९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ४६ लाख निकासा भएको बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा प्रतियोगिताको तयारी स्वरूप खेलस्थलको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको छ । राष्ट्रियमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन हुने निर्णय राखेपले गरिसकेको छ । 

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक एवं राखेपका सदस्य राजेशकुमार गुरुङले एक/दुई खेल बाहेक सबै खेलको स्थल टुङ्गो लागि सके पनि प्राविधिकले अन्तिम निर्णय गरेपछि सार्वजनिक गरिने बताउनुभयो ।रासस

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal