रक्त क्यान्सरबाट समस्यामा परेका शिशिरको उपचारका लागि आर्थिक सहयोग

वालिङ,१९ भदौ– रक्त क्यान्सरबाट समस्यामा परेका वालिङ १० का १८ वर्षीय शिशिर पंगेनीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

स्थानीय दिपक सुवेदी, यमकान्त खनाल, तेजन राना, दिपक लम्साल लगायतको नेतृत्वमा शिशिर बचाऔँ अभियान सञ्चालन गरी शिशिरको उपचारका लागि आर्थिक संकलन अभियानबाट संकलित रकम आईतबार वालिङ नगरप्रमुुख कृष्ण खाँणले शिशिरका आफ्न्तलाई हस्तान्तरण गर्नुभएको हो ।

छरछिमेक तथा देशविदेशमा रहनुभएका सहयोगीहरुबाट संकलित ८ लाख ७४ हजार ८५६ रुपैँयाको चेक नगरप्रमुख खाँणले शिशिरका परिवारलार्ई हस्तान्तरण गरिएको शिशिर बचाऔँ अभियानमा लाग्नुभएका अभियान्ता दिपक सुवेदीले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले शिशिरको जिवन रक्षाका लागि देश तथा विदेशमा रहनुभएका सहयोगी महानुभावहरुले गर्नुभएको महत्वपूर्णसहयोग सहयोगले जीवन रक्षामा ठुलो योग्दान पुग्ने बताउदै सहयोगको लागि धन्यवाद दिदै सबैलाई सहयोग कार्यमा जुटन समेत आग्रह गर्नुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “दुःख पर्दा एकले अर्कोलाई सहयोग गर्ने भावना हामी नेपालीमा रहेको छ । शिशिरको उपचारमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहन्छ ।”

कार्यक्रमका बारेमा अभियन्ता दिपक सुवेदीले जानकारी गराउनुभएको थियो । शिशिरमा रक्त क्यान्सर पुष्टी भएपछि गत असारबाट यो अभियान शुरु गरिएको र बैंक खाता मार्फत सहयोग रकम संकलन तथा जम्मान गरिएको अभियन्ता सुवेदीले बताउनुभयो ।
विभिन्न व्यक्तिहरुको घरघरमा पुगेर फोन तथा सामाजिक संजालबाट सहयोगका लागि अनुरोध गरेर यो रकम संकलन गरिएको पनि सुवेदीले बताउनुभयो । शिशिर हाल सिभिल हस्पिटल बनेश्वर काठमाडौमा उपचाररत हुनुहुन्छ । उहाँको अहिले केमो थेरापीद्वारा उपचार भईरहेको र केहि समयमै बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले अहिले शिशिर बचाऔँ अभियानद्वारा विभिन्न अभियान्ताहरुले रकम संकलन गरिहेका छन् । कार्यक्रम अभियन्ता नेतज रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । सहयोग दाताहरुः

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal