भीरकोटमा झोल मल बनाउने तालिम सम्पन्न


वालिङ,१८ भदौ– भीरकोट नगरपालिकामा जैविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाका ९ वटै वडामा तालिम दिईएको हो । भीरकोट नगरपालिकामा हरित पुनरुत्थान तथा कोडिभ १९ प्रतिकार्य परियोजना अन्र्तगत विभिन्न किसिमका तालिमहरु संचालन गरिएको छ । नगरपालिका र युएनडिपिको संयुक्त आयोजनामा संचालित परियोजना अन्र्तगत जैविक विषादी तथा झोलमल बनाउने तालिम सम्पन्न भएको हो ।

तालिमबाट १०० जना कृषक प्रत्यक्ष लामान्वित भएकाछन् । वडा नम्बर ६ बाट शुरु भएको तालिम शनिबार वडा नम्बर ३ को बानेथोकमा सम्पन्न भएको छ । बानेथोकमा सम्पन्न तालिमको समापनका अवसरमा बोल्दै वडा अध्यक्ष केशरबहादुर खड्काले रासायनिक मलको अभाव भईरहेका बेला जैविक मल तथा विषादीको प्रयोग गरी माटोको उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै सहभागिलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।

तालिममा डाँसिनारायण अर्यालले सहजीकरण गर्नुभएको हो । त्यस्तै परियोजना अन्र्तगत २ दिने व्यवसायिक गड्यौले मल बनाउने तालिम भीरकोट ५ को तोरीडाँडामा शुरु भएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal