वालिङमा मिनी रङ्गशाला बन्ने
गोपाल जिटी
वालिङ,१४ भदौ– वालिङमा मिनी रङ्गशाला बन्ने भएको छ । वालिङस्थित खेलमैदानलाई मिनी रङ्गशालाकारुपमा विकास गरिने भएको हो ।
खेलमैदानलाई नगरपालिकाको स्वामित्वमा रहनेगरी अबको ५ वर्षमा मिनी रङ्गशालाकारुपमा विकास गर्ने लक्ष्यसहित योजना बनाएर लागेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । अहिले भैरहेको खेलमैदान स्थानीय पूर्णामृत भवानी मावि, वालिङ बहुमुखी क्याम्पस र केहि व्यक्तिहरुको नाममा रहेको जग्गामा छ ।
काम चलाउकारुपमा रहेको खेलमैदानलाई जग्गा थपगरी व्यवस्थित गर्न नगरपालिका जुटेको छ । अहिले व्यक्तिहरुका नाममा रहेको करिव ५ रोपनी जग्गा थपेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले जानकारी गराउनुभयो । शैक्षिक संस्था तथा व्यक्तिहरुसँग छलफल गरी योजनाकासाथ अगाडि बढेको उहाँको भनाई छ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।

काम चलाउ खेलमैदानका वावजुद पनि यहाँका धेरैजना फुटबल खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् । स्याङ्जा जिल्लाबाट नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टीमसम्म पनि यही क्षेत्रका खेलाडी छनौटमा पर्ने गरेका छन् । यसको श्रेय यही खेलमैदानलाई जानेमा दुइमत छैन । ढिलै भएपनि रङ्गशाला निर्माणका लागि नगरपालिकाले योजना बनाएकोमा फुटबलर लक्ष्मण रुचालले खुसी व्यक्त गर्नुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















