वालिङमा मिनी रङ्गशाला बन्ने
गोपाल जिटी
वालिङ,१४ भदौ– वालिङमा मिनी रङ्गशाला बन्ने भएको छ । वालिङस्थित खेलमैदानलाई मिनी रङ्गशालाकारुपमा विकास गरिने भएको हो ।
खेलमैदानलाई नगरपालिकाको स्वामित्वमा रहनेगरी अबको ५ वर्षमा मिनी रङ्गशालाकारुपमा विकास गर्ने लक्ष्यसहित योजना बनाएर लागेको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । अहिले भैरहेको खेलमैदान स्थानीय पूर्णामृत भवानी मावि, वालिङ बहुमुखी क्याम्पस र केहि व्यक्तिहरुको नाममा रहेको जग्गामा छ ।
काम चलाउकारुपमा रहेको खेलमैदानलाई जग्गा थपगरी व्यवस्थित गर्न नगरपालिका जुटेको छ । अहिले व्यक्तिहरुका नाममा रहेको करिव ५ रोपनी जग्गा थपेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले जानकारी गराउनुभयो । शैक्षिक संस्था तथा व्यक्तिहरुसँग छलफल गरी योजनाकासाथ अगाडि बढेको उहाँको भनाई छ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यस अन्तर्गत राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङमा सञ्चालन गरिने र त्यसका लागि खेलमैदान व्यवस्थापनमा नगरपालिका लागेको छ ।

काम चलाउ खेलमैदानका वावजुद पनि यहाँका धेरैजना फुटबल खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् । स्याङ्जा जिल्लाबाट नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टीमसम्म पनि यही क्षेत्रका खेलाडी छनौटमा पर्ने गरेका छन् । यसको श्रेय यही खेलमैदानलाई जानेमा दुइमत छैन । ढिलै भएपनि रङ्गशाला निर्माणका लागि नगरपालिकाले योजना बनाएकोमा फुटबलर लक्ष्मण रुचालले खुसी व्यक्त गर्नुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















