कांग्रेस नेता प्रदीप गिरीको निधन

काठमाडौं,४ भदौ– नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ७५ वर्षीय गिरिको ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किनुभएका गिरीको फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटीमा भर्ना भएर उपचार गराइरहनुभएको थियो । घाँटीको क्यान्सरबाट पीडित उहालाई निमोनिया पनि देखिएको थियो ।

नेता गिरीका बुवा मित्रलाल गिरी पनि राजनीतिमै सक्रिय हुनुहुन्थ्यो। बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गर्नुभयो। लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उहाँ झण्डै चार वर्ष जेल बस्नुभयो।

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाउनुभएका नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गर्नुभएको छ। जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुनुहुन्छ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal