रामपुरमा शहिद स्मृति पार्क उद्घाटन
सिर्जना घिमिरे
रामपुर,५ भदौ– रामपुर नगरपालिका ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको आज (आइतबार) उद्घाटन गरिएको छ ।
सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सव डिभिजन बन कार्यालयको व्यवस्थापनमा निर्माण गरिएको पार्कको प्रतिनिधी सभासदस्य तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभएको हो । पार्कको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले शहिदहरुको सम्मान र सम्झनाका लागि निर्माण गरिएको पार्कले रामपुरको पर्यटकीय क्षेत्रमा थप सहयोग पुर्याउने बताउनुभयो ।
पार्कलाई अझै व्यवस्थित बनाउनाउनुका साथै अन्य संरचनाहरु थप गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । आफूले सोचेभन्दा फरक पार्क बनाउन सहयोग गर्ने डिभिजन वन कार्यालय पाल्पालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय पाल्पाका डिभिजन बन अधिकृत दिपक ज्ञवालीले सामुदायिक बनको संरक्षणसँगै बनक्षेत्रको सौन्दर्यले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । सामुदायिक बनको विकास, पर्यटनसँग जोड्न सके आम्दानी समेत लिन सकिने अधिकृत ज्ञवालीको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, रामपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दामोदर पाठक लगायतले बोल्नुभएको थियो । १४ लाख ४२ हजार केन्द्रीय बजेट तथा स्थानीयको रु १ लाख ४५ हजार बराबरको जनश्रमदान गरि करिब १५ लाख ८७ हजार रुपैयाको लागतमा पार्क निर्माण गरिएको निर्माण समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी पाहुनालाई स्थानीय बासिन्दाले पञ्चेबाजाले स्वागत गरेका थिए ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















