जनताले दिएको जनमत देउवाको पाउमा लगेर चडाउनेहरु नेपाली कम्युनिष्ट आन्दोलनका गद्दार हुनः महासचिव पोख्रेल
स्याङ्जा,१४ साउनः नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनताले कांग्रेसका विरुद्धमा दिएको जनमत शेरबहादुर देउवाको पाउँमा लगेर चडाउनेहरु नेपाली कम्युनिष्ट आन्दोलका गद्दार भएको बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाद्वारा जिल्ला सरमुकाममा आयोजित कार्यक्रता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले सो कुरा बताउनुभउको हो । पाँच दलिय गठबन्धनले सत्ता स्वार्थमा परेर देशलाई दुर्गामी असर पर्ने खालका निर्यणहरु गर्दै गएकोले देश संकटमा पर्ने खतरा बढ्दै गएको बताउनुभएको समेत बताउनुभएको छ ।

एमालेका विरुद्ध गठन भएको पाँच दलिय गठबन्धन संग एकलै सामना गर्न एमाले सक्षम रहेको कुरा स्थानीय तहको निर्वाचनबाट पुष्टि भएको बताउदै उहाँले कार्यक्रतालाई एकताबद्ध भएर संगठन विस्तारको अभियानमा लाग्न आग्रह गर्नुभयो । महासचिव पोख्रेलले भन्नुभयो, “नेकपा एमालेले आफ्नो शक्ति स्थानीय तहको निर्वाचमा देखाइसकेको छ, सारा दुनिया एकातिर र एमाले कएकातिर हुदापनि एमालेले लोकप्रिय मत ल्याएर स्थानीय तहको निर्वाचनमा आफ्नो दह्रो उपस्थिती देखाइसकेको छ । यो नै मुलुकको पहिलो शिक्त एमाले भएको प्रमाण हो ।”
पूर्व अर्थमन्त्रीले बिचौलीयाको प्रयोग गरेर बजेटमा गरेको हेराफेरीका साथै नागरिकताका विषयमा गरिएको व्यवस्थाले नै अहिलेको सरकारले कसकालागि काम गरिरहको प्रस्ट भएको महासचिव पोख्रेलको भनाइ थियो । नेकपाका समयमा पार्टी भित्र गरिएको गरिएको गतिविधि नेताहरुको कुण्ठा थियो भन्ने कुरा अहिले आएर प्रमाणित भएको बताउनुभयो ।

नेपाली कांग्रेस सँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा कांग्रेस संग लडेर लिएको जनमत कांग्रेसको पाउँमा लगेर बुजाउनेहरु के नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा छन ? महासचिव पोख्रेलको पश्न थियो । प्रचण्ड र माधव नेपाल नयाँ रायमाझीको रुपमा प्रकट भएकाछन् । यो पक्कै पनि इतिहासले मुल्याङ्कन गर्नेछ । देशमा समृद्धि र विकासको लागि एमालेको विकल्प नभएको बताउदै देश विकासको मुल प्रभाहामा जोडिन नेकपा माओवादी र बाटो विराएर नेकपा समाजवादिमा गएका कार्यक्रर्ताहरुलाई एमालेमा फर्किन आवहान समेत गर्नुभयो ।
विगतका कमिकमजोरीहरुर्ला सच्याउदै पार्टीको काममा लाग्न समेत महासचिव पोख्रेलले कार्यक्रताहरुलाई निर्देशन दिनभयो ।
यसै गरी कार्यक्रममा नेकपा एमाले सचिव पद्मा अर्यालले जनताको बहुदलीय जनवाद नै समाजवादको आधार भएको बताउदै सिंगो देश नै एमालेको नीतिमा अगाडी बढेको बताउनुभयो । सचिव अर्यालले विश्वमा कम्युनिष्ट प्रति विश्वास घट्दै गएको अवस्थामा पनि जनताको बहुदलीय जनवाद मार्फत नेपालमा संगै विश्वका कम्युनिष्ट पार्टीहरुलाई सन्देश दिन बहुदलीय जनवाद सफल भएको समेत उहाँले बताउनुभो ।

कम्युनिष्टमा लागेका एमालेका कार्यक्रर्ताहरुले पहिले आफ्नो नीतिको बारेमा राम्रो संग बुझेर त्यही प्रकारले जनलाई बुझाउन आवश्यक भएको बताउदै एमालेका कार्यक्रर्ताहरु ठिक नियम र आचरणमा बस्नुपर्ने बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सिता सुन्दास गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी लगायतले बोल्नुभएको थियो भने कार्यक्रम जिल्ला अध्यक्ष सूर्य प्रसाद गैरे (पारस) को अध्यक्षता र सचिव राजेन्द्र डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















