वालिङ १२ का युवाहरु सडक सरसफाई अभियानमा

तस्वीरः बुद्धिराम बुढा

वालिङ,१५ साउन– अधिकाशं युवाहरु सामाजिक संजालका साथै अन्य काममा व्यस्त रहने सामाजिक कामा त्यती चासो नदेखाइरहेको अवस्थामा वालिङ १२ का युवाहरु भने आफ्नो कामबाट केही समय छुट्याएर सड्कको सरसफाई अभियानमा जुटेकाछन् ।

ग्रामीण सडकको फोदीखोला सिर्सेकोट सडक खण्डमा वर्षादको पानी संगै सडक माथिबाट पहिरो जानुका साथै सडकमा रहेको नाली जाम भएर सडक नै बगाउने अवस्थामा पुगेपछि स्थानीय युवाहरु सडकको संरक्षणका साथै सरसफाई अभियानमा जुटेका हुन् ।

युवाहरुले विहान बेलुकिको समयमा केही समय निकालेर सडकको नाली सफा गर्नुका साथै पहिरो हटाउने र सडक माथिबाट खसेका ढुगांहरु हटाएर यात्रालाई सहज बनाउने कार्यमा महत्वपूर्ण सहयोग पर्याएकाछन् ।
युवाहरुको काममा स्थानीय जनप्रनिनिधिहरुले समेत हौसला प्रदान गर्दै आएकाछन् । जनप्रतिनिधिहरु समेत सहभागि भएर काममा लागेपछि युवाहरुमा थप उत्साहा जागेको छ ।

अधिकाशं ठाँउमा आफ्नो घर नजिकैको बाटो घाटोको लागि स्थानीय सरकारको मुख ताकेर आफुले गर्नुपर्ने सामान्य काममा पनि जिम्मेवार नबनिरहेको अवस्थामा सिर्सेकोटका युवाहरुले गरेको यो कामले आफुले सक्ने काममा अरुको मुख ताकेर बस्नुहुदैन भन्ने सन्देश दिन सफल भएकाछन् ।
युवाहरुको काममा १२ नम्बर वडा कार्यालयका वडा सचिव बुद्धिराम बुढाले समेत हौसला पर्दान गर्दै आउँनुभएको छ । वडा सचिव बुढा शनिबार कार्यालय बिदाको दिन बेल्चा र ठेला गाडा लिएर संगै काममा लागेपछि युवाहरु थप उत्साहित भएकाछन् ।

वर्षादका कारण सडकमा भल बगेर सडकनै बगाउने अवस्थामा आएको र युवाहरुले सडक बचाउने अभियाले थालेकोले आफुलाई निकै खुसि लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीका कारण सडकको अवस्था नाजुक बन्दै गएको थियो । स्थानीय युवाहरु ग्रामीण सडकको संरक्षण गर्ने अभियानमा जुट्नुभएको छ, यो अभियानलाई अब वडाको सबै टोलमा संचालन गर्छौ ।”

अहिले युवाहरुले फौदीखोला देखि धनमुडा सडक खण्डमा श्रमदान स्वरुप काम गरिरहेकाछन् । सोते ढाबगहिरा सडक खण्डको नालि जाम भएर कालोपत्रे नै बगाउने अवस्था आएपछि युवाहरु सडकको संरक्षण अभियानमा जुटेका हनु । यहाँका जस्तै अन्यत्रका युवाहरुले पनि आफ्नो क्षेत्रको सडक संरक्षणको लागि ध्यान दिन सके कारोडौ रकम खर्च गरेर निर्माण गरिएका संरचनाहरुको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal