वालिङ १२ का युवाहरु सडक सरसफाई अभियानमा

तस्वीरः बुद्धिराम बुढा
वालिङ,१५ साउन– अधिकाशं युवाहरु सामाजिक संजालका साथै अन्य काममा व्यस्त रहने सामाजिक कामा त्यती चासो नदेखाइरहेको अवस्थामा वालिङ १२ का युवाहरु भने आफ्नो कामबाट केही समय छुट्याएर सड्कको सरसफाई अभियानमा जुटेकाछन् ।
ग्रामीण सडकको फोदीखोला सिर्सेकोट सडक खण्डमा वर्षादको पानी संगै सडक माथिबाट पहिरो जानुका साथै सडकमा रहेको नाली जाम भएर सडक नै बगाउने अवस्थामा पुगेपछि स्थानीय युवाहरु सडकको संरक्षणका साथै सरसफाई अभियानमा जुटेका हुन् ।

युवाहरुले विहान बेलुकिको समयमा केही समय निकालेर सडकको नाली सफा गर्नुका साथै पहिरो हटाउने र सडक माथिबाट खसेका ढुगांहरु हटाएर यात्रालाई सहज बनाउने कार्यमा महत्वपूर्ण सहयोग पर्याएकाछन् ।
युवाहरुको काममा स्थानीय जनप्रनिनिधिहरुले समेत हौसला प्रदान गर्दै आएकाछन् । जनप्रतिनिधिहरु समेत सहभागि भएर काममा लागेपछि युवाहरुमा थप उत्साहा जागेको छ ।
अधिकाशं ठाँउमा आफ्नो घर नजिकैको बाटो घाटोको लागि स्थानीय सरकारको मुख ताकेर आफुले गर्नुपर्ने सामान्य काममा पनि जिम्मेवार नबनिरहेको अवस्थामा सिर्सेकोटका युवाहरुले गरेको यो कामले आफुले सक्ने काममा अरुको मुख ताकेर बस्नुहुदैन भन्ने सन्देश दिन सफल भएकाछन् ।
युवाहरुको काममा १२ नम्बर वडा कार्यालयका वडा सचिव बुद्धिराम बुढाले समेत हौसला पर्दान गर्दै आउँनुभएको छ । वडा सचिव बुढा शनिबार कार्यालय बिदाको दिन बेल्चा र ठेला गाडा लिएर संगै काममा लागेपछि युवाहरु थप उत्साहित भएकाछन् ।

वर्षादका कारण सडकमा भल बगेर सडकनै बगाउने अवस्थामा आएको र युवाहरुले सडक बचाउने अभियाले थालेकोले आफुलाई निकै खुसि लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीका कारण सडकको अवस्था नाजुक बन्दै गएको थियो । स्थानीय युवाहरु ग्रामीण सडकको संरक्षण गर्ने अभियानमा जुट्नुभएको छ, यो अभियानलाई अब वडाको सबै टोलमा संचालन गर्छौ ।”

अहिले युवाहरुले फौदीखोला देखि धनमुडा सडक खण्डमा श्रमदान स्वरुप काम गरिरहेकाछन् । सोते ढाबगहिरा सडक खण्डको नालि जाम भएर कालोपत्रे नै बगाउने अवस्था आएपछि युवाहरु सडकको संरक्षण अभियानमा जुटेका हनु । यहाँका जस्तै अन्यत्रका युवाहरुले पनि आफ्नो क्षेत्रको सडक संरक्षणको लागि ध्यान दिन सके कारोडौ रकम खर्च गरेर निर्माण गरिएका संरचनाहरुको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार