चौतारीले बनायो महंगीविरुद्ध आन्दोलन प्रभावकारी बनाउन कमिटी

काठमाडौं,१३ साउन– प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन आज केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।

चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीहरुको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।

परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरु उपाध्यक्ष देविका घर्तीमगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुबेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरु हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रिय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहनुभएको छ ।

बैठकमा चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले महंगीविरुद्धको जनप्रदर्शनमा आमजनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिनुभयो । चौतारीको बैठकले महंगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनानामूलक र जनचेतनामूलक सामग्री उत्पादन गरी प्रचार गर्ने निर्णयसमेत गरेको महासचिव लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal