प्रेस युनियनको अध्यक्षमा दुई स्याङ्जाली बिन्दु र लम्साल भीडदै

स्याङ्जा,६ साउन– नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) बाट हेटौंडामा सुरु भएको छ । साउन ७ गतेसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
महाधिवेशनको उद्घाटन संगै स्याङ्जा स्थायी घर भएर लामो समय देखि देशको राजधानी काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका अनिता बिन्दु र शिव लम्सालले आगामी युनियनको अध्यक्षको नेतृत्वमा दावी गर्दै अध्यक्ष पदमा आ–आफ्नो प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ ।
अनिता बिन्दुले संस्थापन पक्ष र लम्सालले संस्थापन इतरको नेतृत्व गर्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने दुबै उम्मेदवार स्याङ्जाली भएकोले नेपाल प्रेस युनियन स्याङ्जा भने अप्ठेरोमा परेको छ । जिल्ला बासी बिन्दु र लम्साल दुबै जनाले एउटै पदमा उम्मेदवारी घोषणा गरेर नेतृत्वमा दावी गरेपछि कसलाई समर्थन गर्ने भन्नेमा प्रेस युनियनमा आवद्ध स्याङ्जाली पत्रकारहरुलाई समस्या परेको हो । यद्यपी केही भने आफुले रोजेको अउम्मेदवारको पक्षमा खुलेपनि अधिकाशं युनियनका प्रतिनिधि भने मौन बसेको पाइएको छ । जिल्लाले नेतृत्व गर्न पाउने अवसर पाउँदा एक आपसमा मिलेर जानुपर्ने भनाइ स्याङ्जा प्रेस युनियनमा अवद्ध पत्रकारको रहेपनि दुवै पक्ष आ–आफ्नो प्यानल बनाएर चुनावी प्रचारप्रसारको अभियानमा लागेपछि सहमतिको सम्भावना भने कम देखिन्छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकी अनिता बिन्दु नेपाल प्रेस युनियको पूर्व उपाध्यक्ष हुनुहुन्छ भने शिव लम्साल पूर्व महासचिव हुनुहुन्छ । यसै गरी स्याङ्जाकै दीलिपाश्री अधिकारीले महिलाकोटा बाट उपमहासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ भने सदस्यमा सरिता खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । अधिकारी र खनाल पनि काठमाडौँलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal