विपि स्मृति दिवसका अवसरमा विचार गोष्ठी तथा वृक्षारोपण


वालिङ,६ साउन– प्रजातान्त्रिक विचार समाज स्याङ्जाले ४०औँ विपि स्मृति दिवसका अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ । वालिङमा सम्पन्न विचार गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष डा.केदारनर सहिं केसीले विपिले प्रतिपादन गर्नुभएको सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकतान्त्रिक सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । महामानव विपि कोइरालाको मेलमिलाप नीतिलाई अवलम्बन गर्दै जनतालाई केन्द्रमा राखेर, जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा विपिको योगदान अतुलनीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले विपिले प्रतिपादन गर्नुभएका सिद्धान्तलाई आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकास गरी देशलाई निकास दिन कांगे्रस कटिबद्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सभापति थापाले नेपाली कांगे्रसको संगठन सुदृढिकरणका बारेमा आफ्ना भनाई राख्नुभएको थियो भने प्राध्यापक कृष्ण खनालले जसको विचार हो उसैको शासन गर्नुपर्दछ भन्ने शीर्षक र प्रजातान्त्रिक समाजका केन्द्रिय सचिव डा बासुदेव भण्डारीले विपिको साहित्यिक यात्राका बारेमा जानकारी गराउनुभएको थियो ।
यसै गरी विपिको स्मृतिमा वृक्षारोपण
४०औँ बिपि स्मृति दिवसका अवसरमा भीरकोटमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस भीरकोट नगरसमिति द्वारा आयोजित वृक्षारोपण कार्यक्रम भीरकोट ५ सुन्दर बजार, स्वरेक भञ्याङ र पर्यटकीय स्थान मैदानमा गरिएको हो ।
कार्यक्रमभमा पूर्व सांसद तथा नेपाली कांगे्रस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले विपि महान राजनितिज्ञ तथा स्वातन्त्रता प्रेमी रहुनभएको भन्दै उहाँले जीवनभर स्वतन्त्रताका लागि धेरै संर्घष र त्याग गर्नुभएको बताउनुभयो । साथै उहाँ बहुमुखी प्रतिभावान व्यक्तित्व रहनुभएको भन्दै उहाँले साहित्य क्षेत्रलाई समेत ठुलो योगदान दिनुभएको भन्दै विपिको राष्ट्रियता र एकताको सिद्धान्तलाई अहिलेको राजनीतिले अंगाल्नुपर्ने बताउनुभयो ।

विपि तरुणहरुको संरक्षक समेत रहनुभएकाले सँधै युवाहरुलाई प्रेरणा दिएर देशका लागि अगाडि बढ्न अभिपे्ररित गर्ने व्यक्तित्व समेत रहनुभएको बताउनुभयो ।
कार्यक्रममा कम्युनिष्टले समेत विपिको विचार अंगाल्न खोजेको भन्दै प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अहिले पनि विपिको विचार उत्तिकै सान्र्दभिक रहेको बताउनुभयो ।
बगरेबजार, भञ्याङ र मैदानमा कपुर, कल्कि, ग्लोमरलगायतका १५० विरुवा रोपण गरिएको नगर सभापति यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । त्यस्तै विपि स्मृति दिवसका अवसरमा वालिङ ५ समा समेत बृक्षारोपण गरिएको छ भने अन्य स्थानहरुमा समेत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal