विपि स्मृति दिवसका अवसरमा विचार गोष्ठी तथा वृक्षारोपण


वालिङ,६ साउन– प्रजातान्त्रिक विचार समाज स्याङ्जाले ४०औँ विपि स्मृति दिवसका अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ । वालिङमा सम्पन्न विचार गोष्ठीमा प्रजातान्त्रिक विचार समाजका केन्द्रिय अध्यक्ष डा.केदारनर सहिं केसीले विपिले प्रतिपादन गर्नुभएको सिद्धान्त र विचारलाई आत्मसाथ गरी लोकतान्त्रिक सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । महामानव विपि कोइरालाको मेलमिलाप नीतिलाई अवलम्बन गर्दै जनतालाई केन्द्रमा राखेर, जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा विपिको योगदान अतुलनीय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाले विपिले प्रतिपादन गर्नुभएका सिद्धान्तलाई आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकास गरी देशलाई निकास दिन कांगे्रस कटिबद्ध हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सभापति थापाले नेपाली कांगे्रसको संगठन सुदृढिकरणका बारेमा आफ्ना भनाई राख्नुभएको थियो भने प्राध्यापक कृष्ण खनालले जसको विचार हो उसैको शासन गर्नुपर्दछ भन्ने शीर्षक र प्रजातान्त्रिक समाजका केन्द्रिय सचिव डा बासुदेव भण्डारीले विपिको साहित्यिक यात्राका बारेमा जानकारी गराउनुभएको थियो ।
यसै गरी विपिको स्मृतिमा वृक्षारोपण
४०औँ बिपि स्मृति दिवसका अवसरमा भीरकोटमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस भीरकोट नगरसमिति द्वारा आयोजित वृक्षारोपण कार्यक्रम भीरकोट ५ सुन्दर बजार, स्वरेक भञ्याङ र पर्यटकीय स्थान मैदानमा गरिएको हो ।
कार्यक्रमभमा पूर्व सांसद तथा नेपाली कांगे्रस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले विपि महान राजनितिज्ञ तथा स्वातन्त्रता प्रेमी रहुनभएको भन्दै उहाँले जीवनभर स्वतन्त्रताका लागि धेरै संर्घष र त्याग गर्नुभएको बताउनुभयो । साथै उहाँ बहुमुखी प्रतिभावान व्यक्तित्व रहनुभएको भन्दै उहाँले साहित्य क्षेत्रलाई समेत ठुलो योगदान दिनुभएको भन्दै विपिको राष्ट्रियता र एकताको सिद्धान्तलाई अहिलेको राजनीतिले अंगाल्नुपर्ने बताउनुभयो ।

विपि तरुणहरुको संरक्षक समेत रहनुभएकाले सँधै युवाहरुलाई प्रेरणा दिएर देशका लागि अगाडि बढ्न अभिपे्ररित गर्ने व्यक्तित्व समेत रहनुभएको बताउनुभयो ।
कार्यक्रममा कम्युनिष्टले समेत विपिको विचार अंगाल्न खोजेको भन्दै प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अहिले पनि विपिको विचार उत्तिकै सान्र्दभिक रहेको बताउनुभयो ।
बगरेबजार, भञ्याङ र मैदानमा कपुर, कल्कि, ग्लोमरलगायतका १५० विरुवा रोपण गरिएको नगर सभापति यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । त्यस्तै विपि स्मृति दिवसका अवसरमा वालिङ ५ समा समेत बृक्षारोपण गरिएको छ भने अन्य स्थानहरुमा समेत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal