ब्युटिपार्लर एशोसियसन स्याङ्जाका पदाधिकारी द्वारा शपथ ग्रहण


वालिङ,६ साउन– ब्युटिपार्लर एशोसियसन स्याङ्जाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शुक्रबार वालिङमा आयोजित शपथ ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन अधिकृत दिपक लम्सालले नवनिर्वाचित अध्यक्ष पुष्पा अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने त्यय पश्चात अध्यक्ष अर्यालले अन्य पदाधिकारीहरु तथा १७ सदस्यीय कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा ब्युटिपार्लर एशोसियसन गण्डकी प्रदेश अध्यक्ष रुपकला श्रेष्ठले ब्युटिपार्लर एशोसियसन सम्पुर्ण ब्युटिसियनहरुको साझा सांस्था भएकाले ब्यटिसियनहरुको पेशागत समस्या समाधान गरी अगाडि बढ्न संस्थाले मद्दत गर्ने बताउनुभयो । ब्युटिसियन क्षेत्र महिलाहरुलाई आत्मनिर्भर बनाई जिविकोपार्जन गर्ने पेशाको रुपमा विकसित भएको भन्दै संस्थागत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ब्युटिपार्लर एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष तथा प्रदेशका वरिष्ठ उपाध्यक्ष चुत्रकुमारी थापा दुर्गा, ब्युटिपार्लर एशोसियनका निर्वतमान अध्यक्ष तथा प्रदेश सदस्य लिसु अधिकारी, प्रदेश महासचिव बविता केसीकार्की, कास्की अध्यक्ष सुष्मा गुरुङलगायतले बोल्नुभएको थियो । ब्युटिपार्लर एशोसियसनको गत असारमा सम्पन्न अधिवेसनले १७ सदस्यीय समिति निर्वाचित गरेको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal