कुरुप राजनीति र नरम सेनापतिबारे सात सय शव्द

नेपाली राजनीति र नेपाली सेनामा के भिन्नता छ? जब कुरुप राजनीति र यदाकदा यसैले नै दिशानिर्देश गरिरहेको नेपाली सेनालाई हेर्दा अलेकजेन्डर दी ग्रेटको एउटा भनाई स्मरणमा आउँछ– भेडाले नेतृत्व गरेको सिंहको सेना भन्दा सिंहले नेतृत्व गरेको भेडाको सेना राम्रो हो। अर्थात्, नेपालको राजनीति भेडाको नेतृत्वमा छ भने नेपाली सेना सिंहको नेतृत्वमा अग्रपथमा देखिन्छ।

यद्यपि नेपाली सेना भित्र पनि प्रकारान्तरका बेथिति छन् जसलाई ०६३ पछिको राजनीतिले जडका रुपमा विकास गर्न खोजेको छ।  यसलाई रोक्नका लागि कुनै सिंहको अनिवार्यता थियो र यसले समयको उपक्रममा रुक्माङ्गत कटवाल र हाल प्रभुराम शर्मा जस्ता प्रधानसेनापति बनाएको छ।

कटवाल गरम मिजास र स्वभावसहित हठात निर्णय लिन सक्ने क्षमता देखाएका प्रधानसेनापति थिए भने शर्मा नरम तर रणनैतिक निर्णय लिन सक्छन् भन्ने उदाहरणका रुपमा देखा परेका छन्। यद्यपि यो फोहोरी सरकार, कुरुप राजनीतिक दलको गठजोडले बनेको टालाटुली सरकारले सेनालाई विवादमा तान्न कुनै कसर बाँकी राखेन।

पछिल्ला केही सातासम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले अमेरिकी हिन्द प्रशान्त सैन्य रणनीतिको अंग रहेको सुरक्षा सहकार्य कार्यक्रम (एसपीपी)का लागि नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले लेखेको पत्रका बारेमा सवाल उठाए।

जब सेनालाई राजनीतिको हिलोभित्र विवादमा तान्ने गरिन्छ, त्यसको परिणाम अन्यत्र हेर्न जानु पर्दैन। सैन्य अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका तत्कालिन प्रधानसेनापति कटवाललाई हेरे पुग्छ। अनि, अहिले फेरि सेनाकै विषयमा बोलिरहेका प्रचण्ड, तिनको पार्टीको आकार र प्रकारलाई हेर्दा पनि पुग्छ

उक्त विषय सवालमा मात्र रहेन, त्यहिमाथि आरोप प्रत्यारोपको कुरुप भाषणचित्र देखाइयो। यहि विषयले प्रतिनिधि सभा तात्यो। सार्वजनिक भाषणका क्रममा यसको बेला र उसको बेलामा पत्राचार भएको भन्ने चर्चाले राजनीति गरम भयो। यति मात्र भएन, संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ पनि माग्यो, उनको लेबनान, सिरिया र अमेरिका भ्रमणको मुखैमा।

नेपाली सेनाले विज्ञप्ति निकालेर स्पष्टिकरण मात्र दिएन, प्रधानसेनापति शर्माले नरम शैलीमा जवाफ फर्काए। उनको स्पष्ट उत्तर थियो– महाभूकम्पका बेला सहयोगका लागि लेखिएको पत्र थियो कुनै सैन्य सहकार्यका लागि होइन। नेपाली सेना कुनै मुलुकको पक्ष र विपक्षमा कुनै रणनीतिमा सामेल हुनेछैन।

एउटा भनाई छ– म सैनिक हुँ। मैले जहाँ भनेको छु त्यहाँ लड्छु। र, जहाँ लड्छु त्यहाँ जित निकाल्छु। प्रधानसेनापति शर्माले नेपाली कुरुप राजनीतिले तानेको विवादभित्र नरम हिसाबले यहि शिल्पमा जित निकालेका छन्। तैपनि फोहोरी राजनीतिले सेनालाई विवादमा तान्ने काम छाडेको छैन। यसको जनस्तरबाट प्रतिवाद गर्न आवश्यक छ कि छैन? भन्ने मूल प्रश्न बन्छ।

जब सेनालाई राजनीतिको हिलोभित्र विवादमा तान्ने गरिन्छ, त्यसको परिणाम अन्यत्र हेर्न जानु पर्दैन। सैन्य अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका तत्कालिन प्रधानसेनापति कटवाललाई हेरे पुग्छ। अनि, अहिले फेरि सेनाकै विषयमा बोलिरहेका प्रचण्ड, तिनको पार्टीको आकार र प्रकारलाई हेर्दा पनि पुग्छ।

प्रायः संसदीय समितिले जवाफका लागि बोलाउँदा प्रधानसेनापति जाने चलन कमै मात्र थियो। कोही प्रतिनिधि त्यहाँ पुग्ने गरेका उदाहरण देखिएको थियो। तर शर्मा आफैं पुगेर जवाफ दिए, त्यो पनि उच्च आदरका साथ।

उनलाई सेनामा पनि यहि हिसाबमा व्याख्या गरिँदै आएको थियो, उनले कमान्ड सम्हाल्नुअघि।

नेपालमा अहिले पनि शान्ति प्रक्रियाका काम बाँकी रहँदा नै फोहोरी राजनीतिले तल्लो तहसम्म जरा गाडिसकेको छ। यस्तो दलदलमा सेनालाई नतान्नु नै उच्च राजनीतिक चरित्र हुनेछ। सेना कुनै दलको विवादको निर्देशले होइन, राष्ट्रको निर्णय र आवश्यकताको दिशानिर्देशमा नै चल्छ भन्ने हेक्का हुनुपर्छ

सैनिक कमाण्डर कडा मिजास र स्वभावको हुनुपर्ने बुझाइ थियो। काठमाडौंमा जन्मेका शर्मा तुलनात्मक रुपमा नरम स्वभावका जर्नेल मानिन्थे। नेपाली सेनाको सबैभन्दा जेठो पल्टन मानिने पुरानो गोरख गणमा काम गरेका थिए, शर्माले।

नेपाली सेनाको ४४औं प्रधानसेनापति शर्मा सैनिक नेतृत्वमा पुगेपछि एउटा क्रमभंग भयो। उनी प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति हुन्।

आफूभन्दा तल्लो तहका, सबओर्डिनेटलाई माया गर्ने भावना भएका अधिकारी शर्मा केही गर्यो भने उत्तेजित नभई संयम तरिकाले ह्याण्डल गर्ने स्वभाव राख्ने अधिकारीका रुपमा चर्चित छन्। गुल्म र बटालियनसँगै बाहिनीपति, सैनिक सचिव, पृतनापति र डीजीएमओ महानिर्देशक हुँदा उनले आफ्नो क्षमता देखाएका छन्।

सेनाप्रमुख हुनासाथ निहित स्वार्थका निम्ति राजनीतिक नेतृत्वसँग साँठगाँठ गर्ने अभ्यास सेनामा नयाँ होइन। धेरैजसो प्रधानसेतापतिको छवि यस्तै रुचीले खुइल्याइदिने गरेको थियो। तर शर्मा राजनीतिले सेनालाई विवादमा तान्दा नरम र कुटनीतिक शैलीमा नै जवाफ दिने अधिकारीमा दरिएका छन्। यसले उनको बौद्धिक र रणनीतिक छविको प्रष्ट चित्र देखाउँछ।

व्यक्तिको स्वभाव सरल हुँदैमा संगठनको आचरण अलग हुँदैन। अझ, सेनाको आचरण र संरचना त बिल्कुलै हुँदैन। दुनियाँमा कि सेनाले सत्ता चलाएर प्रत्यक्ष राजनीति गरेका छन् कि राजनीतिले सेनालाई सुरक्षाको मुख्य अंगका रुपमा मात्र संकटको कसी मानेको छ।

राजनीति राम्रो भएका मुलुकले पनि सेनाको महत्व प्राथमिक मात्र राखेका छैनन्, राजनीतिक विवादको भुमरीमा घुमाएका छैनन्। यसर्थ नेपालमा अहिले पनि शान्ति प्रक्रियाका काम बाँकी रहँदा नै फोहोरी राजनीतिले तल्लो तहसम्म जरा गाडिसकेको छ। यस्तो दलदलमा सेनालाई नतान्नु नै उच्च राजनीतिक चरित्र हुनेछ। सेना कुनै दलको विवादको निर्देशले होइन, राष्ट्रको निर्णय र आवश्यकताको दिशानिर्देशमा नै चल्छ भन्ने हेक्का हुनुपर्छ।

आलेख बिट मार्नुअघि एउटा कथ्यलाई राख्छु– यो सेना हो। कसैले पनि गर्न नसकेको राम्रो भन्दा राम्रो जिम्मेवारी बहन गर्छ, समयानुक्रममा। स्रोतःदैनिक नेपाल

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal