गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीका बुबाआमाको नाममा करोड बढि रकम

पोखरार,२५ असार– गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलका बुबाको नाममा स्मृती कोष निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री नेपालीका बुबा गोवर्धन शर्माको नाममा व्यास नगरपालिका १० पोख्रेल फाटमा स्मृती कोषको निर्माण गर्न सो रकम विनियोजन गरिएको हो । सामाजिक विकास कार्यालय तनहुँ मार्फत कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको हो ।

यसै गरी सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका मातापिताको नाममा स्थापना गरिएको ट्रस्टलाई प्रदेश सरकारल एक करोड विनियोजन गरेको छ । यस अघि वार्षिक विकास पुस्तिकामा समेटन पठाएको कार्यक्रम अर्थ मन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरेका थिए । पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय आमा धनकुमारी श्रेष्ठ र बुबा पुननारायण श्रेष्ठको नाममा एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०÷५० लाख विनियोजन गरिएको हो । पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रस्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।

स्याङजाको भीरकोट नगरपालिका १ मा भवन निर्माण गर्न लागिएको बजेट कितावमा उल्लेख छ । मन्त्री श्रेष्ठले सत्ताको दुरुपयोग गर्दै आफ्नै बुबाआमाको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन गरेको भन्दै सर्वत्र बिरोध भइरहेको छ ।

यसअघि असार १ मा बजेट वक्तव्यपछि प्रदेशसभा बैठक २० गतेसम्म रोकियो । मन्त्रालयले पठाएका कार्यक्रमहरू अर्थ मन्त्रालयले काटेको र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश नगरेको भन्दै सत्तारुढ दलले नै सदन रोकेको थियो । लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको छ ।

सेतो कितावमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी र कार्यकर्तालाई खुसी पार्ने खालका छन् । २८ करोडमध्ये पोखरा १६ नम्बर वडामा मात्रै ६ करोड भन्दा बढी छुट्याइएको छ । यो वडा भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडासमेत हो । समग्रमा सबै मन्त्रालयबाट १६ नम्बर वडामा मात्रै २५ करोड हाराहारी बजेट विनियोजन भएको छ । यसअघि पनि धेरै बजेट एउटै वडामा परेको भन्दै प्रतिपक्षी र सत्तारुढ सांसदहरूले विरोध जनाएका थिए ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal