न्यातपोल मन्दिर ३३० वर्ष पूरा
सनम महर्जन
काठमाडौं,१६ असार– नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढीस्थित न्यातापोल (पाँचतले) मन्दिर निमार्ण भएको बुधबार ३३० वर्ष पूरा भएको छ। मन्दिर निर्माण पूरा भएको दिनको सम्झना स्वरुप आज झन्डो तोलन अर्थात् झण्डा फहराउने कार्य गरिएको हो।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औँ शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ। अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गरिएको उल्लेख भएको संस्कृतविद् ओम धोभडेल बताउनुहुन्छ। त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज न्यातापोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ।
मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्ष बन्धन पूजाको परम्परा चलाउनुभएको हुनसक्ने धौभडेलको भनाइ छ।
मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ। यस्तै, आजको दिन अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो।
मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्न सक्ने मान्यता छ। मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए। त्यो समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो। जुन भक्तपुरका बासिन्दा भन्दा चार दोब्बर रहेको मानिन्छ।
मन्दिरमा पूजा गर्न पूजारी र तोकिएको व्यक्तिबाहेक सर्वसाधारणलाई प्रवेश निषेध छ। धौभडेलका अनुसार मन्दिरमा कर्मचार्य समुदायका पुजारीले नित्य पूजा गर्ने गर्छन्। मल्ल कालमा राजा आफैं उपस्थित भएर पूजा गर्ने चलन थियो। तर, अहिले राजाको प्रतिनिधिको उपस्थितिमा पूजा सम्पन्न हुन्छ। गोप
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















