युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा माडी नगरपालिका छनौट

चितवन,१६ असार– युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रममा चितवनको माडी नगरपालिका छनौटमा परेको छ । सात प्रदेशका सात स्थानीय तह छनौट हुने क्रममा विभिन्न मापदण्डहरु पूरा गर्दै बागमती प्रदेशबाट चितवनको माडी नगरपालिका छनौट भएको हो ।

युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा प्रमुख सरोकारवालाहरुको युवामैत्री स्थानीय शासनका सम्बन्धमा क्षमता अभिवृद्धि कार्यक्रमको शुरुवात गरिएको छ । बागमती प्रदेशबाट छनौटमा परेको माडी नगरपालिकाका सरोकारवालाहरुलाई असार १४ देखि १६ गतेसम्म क्षमता अभिवृद्धि कार्यक्रम गरिएको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडीपी र युनिसेफ नेपालले संयुक्त रुपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी गरिरहेका नगरप्रमुख महतोले बताउनुभयो ।

युवामैत्री शासन युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा सञ्चालन गरिने शासन प्रणाली हो । युवामैत्री स्थानीय शासनमा सात रणनीति, ४६ कार्यनीति, ४५ सूचकहरु र अवलम्बन, कार्यान्वय र घोषणाका लागि चार चरणहरु प्रस्ताव गरिएको महतोले बताउनुभयो । स्थानीय आवश्यकताअनुसार रणनीति, कार्यनीति, सूचक र चरणहरुको स्थानीयकरण गर्न सकिने नगरप्रमुख महतोको भनाइ छ ।

संघीय संरचनाको अभ्याससँगै स्थानीय सरकारका रुपमा क्रियाशील ७५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्बन गरी युवासँग सम्बन्धित साझा सवालहरुको सम्बोधन, नीति निर्माण र कार्यान्वयनमा युवाको संलग्नता, युवाहरुको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, विशेष वर्ग तथा समुदायका युवाहरुका प्राथमिकताका सवालहरुको सम्बोधन लगायतका सवालहरुको सम्बोधन गरी युवाहरुको नेतृत्व र साझा सवालहरुको सम्बोधनका लागि युवामैत्री स्थानीय शासनको अवलम्बन, कार्यान्वयन र घोषणाले सहयोग पुग्दछ । युवामैत्री स्थानीय शासनको दिगोपनाका लागि संघ तथा प्रदेशबाट सशर्त र निशर्त बजेटको सुनिश्चितता, सबै स्थानीय तहहरुको वार्षिक नीति, कार्यक्रम र बजेटमा व्यवस्था र विकास साझेदार, गैरसरकारी संस्था र सरोकारवालाहरुबाट समन्वय र सहकार्यता हुनु आवश्यक रहेको युएनडिपीकी विनिता कार्कीले बताउनुभयो ।

युवामैत्री स्थानीय शासन कार्यक्रममा नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडाध्यक्ष दीपेन्द्रराज पौडेल, कार्यपालिका सदस्य ऋचा सुनार, शाखा प्रमुखहरु तथा कर्मचारीहरु भोजराज खनाल, विवेक खनाल, सुनिता खतिवडा, किरणप्रसाद उपाध्यय, नागरिक समाजका प्रतिनिधि, सञ्चार, युवा संघ संस्थाका प्रतिनिधिहरु तथा युवा स्वयंसेवक तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा माडी नगरपालिकालाई युवामैत्री स्थानीयतहका रुपमा अवलम्बन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गरिएको कार्कीले बताउनुभयो ।

युवामैत्री स्थानीय तह क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरण विष्णु खत्री, तिलोत्तम पौडेल, चन्द्रा थापा, मिना शर्मा, दीपक शर्माले गर्नुभएको थियो । कार्यक्रममा युनिसेफ नेपालबाट माचिकाको समेत उपस्थिति रहेको थियो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal