वैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन सबैले पहल गर्नुपर्छ ः नगरप्रमुख भट्टराई
गल्याङ,१४ असार– गल्याङमा सुरक्षित आप्रवासन परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको (सामी) परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले बाध्यता बनेको वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले बेरोजगारीको चरम समस्या रहेको देशमा रोजगारीको अभावका कारण वैदेशिक रोजगारी विकल्प बनेको बताउनुभयो । नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘अहिले नेपाली श्रम बजारमा वर्षेनी साढे चार लाख नयाँ श्रम शक्ति आउने गरेको तथ्याङ्क छ । यस मध्ये वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षामा सबैले उत्तिकै ध्यान दिनुपर्नेछ ।’ उहाँले कामको जानकारी विना वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्नुपरेको भन्दै यसका लागि नगरपालिका भित्र सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले नयाँ श्रम शक्तिलाई अवसरको रुपमा राज्यले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सुरक्षित वैदेशिक रोजगारीका लागि नगरभरी नै अभियान सञ्चालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नगरपालिकामा रोजगारीको अवसरका लागि विभिन्न कार्यक्रमहरु ल्याउने तयारीमा रहेको भन्दै उहाँले बाध्यतावस वैदेशिक रोजगारीमा जानेहरुको सुरक्षाका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
स्विस सरकारसँगको सहकार्यमा सञ्चालन भैरहेको सामी परियोजना स्याङ्जा सहित ३९ जिल्लामा लागू भएको परियोजनाका क्षेत्रीय संयोजक भागिराम थारुले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपालबाट कानुनी बाटो प्रयोग गरेका मात्रै ५६ लाख भन्दा बढि वैदेशिक रोजगारीमा रहेका छन् । स्याङ्जाबाट यस वर्ष छ हजार चार सय ५९ जना वैदेशिक रोजगारीमा रहेको तथ्याङ्क छ ।
कार्यक्रम संयोजक एक ना्रायण सापकोटाले गल्याङ नगरपालिका सहित जिल्लामा सुरक्षित वैदेशिक रोजगारीका लागि संस्थाले काम गरिरहेको बताउनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार























