२८ वर्ष पछि ६ किमि सडक कालोपत्र


दर्वेन्द्र देव खनाल
गल्याङ,२९ जेठ– जिल्लाको दक्षिणी भागको मुख्य सडकको रुपमा रहेको गल्याङ चापाकोट सडक खण्ड २८ वर्षपछि ६ किलो मिटर कालोपत्र भएको छ । निर्माण गरिएको लामो समय सम्म सो सडकको स्तर उन्नती हुन नसक्दा त्यस सडक भएर यात्रा गर्ने सर्वसाधारहरुले निकै सास्ती खेपदै आएका थिए ।
२०५० सालबाट ट्रयाक खोल्न शुरु गरिएको सो सडक ०५३ सालमा गल्याङदेखि चापाकोटसम्मको ट्रयाक निर्माण कार्य सम्पन्न भएको थियो । गण्डकीबेसीको किनारैकिनार भएर जाने यो सडकमा यात्रा गर्न अन्य सडकको तुलनामा कम जोखिम रहेको छ । सडकको अधिकाम्स भुभाग समथर रहेकोले पनि जोखिम कम रहेको हो । जोखिम कम भएपनि सडकको निर्माण कार्य पुरा नहुदा यात्रुहरुल्े भने पूर्णरुपमा सहजयात्रा गर्ने वातावरण अजै पनि बनिसकेको छैन । नदिको तट्बाट रमणीय फाटहरुलाई पारगर्दै दशौ बस्ति पसेर जाने भएकोले यो सडकको उपयोगिता धेरै भए पनि लामो समय सडक कालोपत्रे हुन नसक्दा यात्रुहरुले धेरै झन्झटिलो यात्रा गर्न बाध्य थिए भने यस क्षेत्रका किसानहरले उत्पादन गरेका वस्तुहरुले बजारको अभावमा उत्पादित वस्तुको विकृवितरणको लागि निकै सास्ती खेपदै आएका थिए ।

ढिलै भएपनि संघीय र प्रदेश सरकारबाट विनियोजित बजेटबाट २०७७ फागुनमा सम्झौता भै २०७९ भदौमा सप्पन्न हुनेगरि कान्तिपुर लामा जे भि कन्स्ट्रक्सनले झण्डै ६ किमिबाटो कालोपत्रे सुरु गरेको छ भने गल्याङदेखि जिमुहासम्मका बासिन्दाले केहि सहज यात्रा गर्न पाउने भएका छन ।
आगामी दिनमा क्रमिक रुपमा मनहरी हुदै बेलचौर आपचौर सम्पासदेखि चापाकोटसम्मको भाग कालोपत्रे भएमा यस क्षेत्रका स्थानीय बासिन्दाले सहज यात्रा गर्न पाउनुका साथै यस क्षेत्रमा उत्पादित भएका कृषि जन्य बस्तुहरुले सहज रुपमा बजार पाउनुका साथै गल्याङ बजारको आर्थिक क्रियाकलाप समेत बढ्नेमा देखिन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal