अब ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता
काठमाडौँ,१५ जेठ– सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष पुगेका जेष्ठ नागरिकले बृद्धभत्ता पाउने जानकारी दिनुभयो । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।