सुनसान गणतन्त्र पार्क

केशब गुरुङ्ग

काठमाडौँ,१५ जेठ– आज गणतन्त्र दिवस हो । देशमा गणतन्त्र घोषणा भएको दिनलाई नै गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरिएको छ ।

मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याउनेको सम्झनामा सरकारले स्मारकको निर्माण गरिएको हो । करिब ३५ रोपनी जग्गामा फैलिएको उक्त स्मारक निर्माण गर्न आठ वर्ष लागेको थियो । आकर्षक बगैंचा, वाटर फाउन्टेन र विशेष बत्तीले स्मारक सजाइएको छ।

स्मारकको अग्रभागमा ठूलो ढुंगा खोपेर पुस्तकको आकार बनाइएको छ र त्यसमा ‘नेपालको संविधान २०७२’ लेखिएको छ ।

मुख्य स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी र सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ ।

हाल यो स्मारक सर्वसाधारणका लागि खुला गरिएको छ। पायक नपर्ने ठाउँमा भएकाले पार्क ओझेलमा परेको छ ।  जसका कारण घुम्न आउने सर्वसाधारणको उपस्थिति अत्यन्त न्यून रहेको छ । दिनमा करिब ५० जनाको हाराहारीमा मात्र सर्वसाधारण आउने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । पार्कमा प्रवेश गर्न ५० रुपैयाँ प्रवेश शुल्क लाग्छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal