सडकमै खाना पकाएर अनेरास्ववियुद्वारा मुल्य बृद्धिको विरोध

वालिङ,१० जेठ– अनेरास्ववियु स्याङ्जाले मुल्य विद्धिको विरोधमा सडकमा प्रर्दशन गरेको छ । पेट्रोलियम पदार्थ, ग्याँसलगायतका दैनिक उपभोग्य वस्तुमा अत्याधिक मुल्य वृद्धि भएको भन्दै अनेरास्ववियु सडकमा उत्रिएको हो । मुल्य वृद्धि फिर्ता गर, घाटा नाफा जान्दैनौँ, मुल्य वृद्धि मान्दैनौँलगायतका प्लेकार्डसहित विद्यार्थीहरुले सडकमा प्रर्दशन गरेका हुन । विद्यार्थीहरुले सडकमै दाउरामा खाना पकाएर मुल्य वृद्धिको विरोध गरेका थिए ।

परमादेशको सरकारले दैनिक जीवन नै कष्टकर बनाउने गरी मुल्य वृद्धि गरेको भन्दै यसका विरुद्ध देशभरका ७७ वटै जिल्लामा अनेरास्ववियुले विरोध प्रर्दशन गरेको अनेरास्ववियुका अध्यक्ष सगुन रानाले बताउनुभयो । पटक पटक गरिएको मुल्य वृद्धिले नागरिकलाई दैनिक चुल्हो बाल्न समेत समस्या भएको भन्दै तत्काल मुल्य वृद्धि फिर्ता लिइर जनजीवन सहज बनाउनुपर्ने रानाले बताउनुभयो ।

साथै अनेरास्ववियु स्याङजाले प्रमुख जिल्ला अधिकारीमार्फ प्रधानमन्त्रीलाई ध्यानार्कषण पत्र समेत पठाएको छ । जिल्ला अध्यक्ष सगुन रानालगायतको टोलीले निमित्त प्रजिअ नमिता शर्मालाई उक्त ध्यानार्कषण पत्र बुझाएको जनाएको छ ।

ताजा

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal