पुतलीबजार नगरपालिकाको पहिलो निर्णय ः ‘ब्लड बैंक’ स्थापना गर्ने
वालिङ,१० जेठ– पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुलसिराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो ।
रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले नगरपालिकामा निर्वाचित भएपछि पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “जिल्ला अस्पतालमा डायलासिस सेवाको थप विस्तार र ‘ब्लड बैंक’ स्थापनालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको छ”, नगरप्रमुख रेग्मीले भन्नुभयो, “सार्वसाधारणमा स्वास्थ्यको सहज पहुँचका लागि थालिएको अभियानलाई पूर्णता दिने गरी थालनी गरेका हौँ ।”
हाल सञ्चालनमा रहेको डायलासिस सेवालाई विस्तार र प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने, ‘ब्लड बैंक’ स्थापना गरी सहजरुपमा रगत उपलब्ध गराउने कार्यका लागि आर्थिक वर्ष २०७८÷७९ को विपद् व्यवस्थापन कोषबाट रु १० लाख निकासा गर्न लागिएको छ ।डायलासिस सेवालाई विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधार निर्माण गरिने भएको छ ।
जिल्ला अस्पतालमा हाल नियमितरुपमा १२ मिर्गौलाका बिरामीलाई डायलासिस गरिँदै आएकामा त्यसलाई विस्तार गरी ४५ जनालाई सेवा उपलब्ध गराउने गरी आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्न लागिएको छ ।
ताजा
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार





















