वालिङका नगरप्रमुख खाँणद्वारा पदभार ग्रहण
गह्रौ प्राथमिक अस्पताल वालिङमा सिएस सेवाको सञ्चालनमा ल्याउने
वालिङ, ९ जेठ– वालिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले सोमबार पदभार ग्रहण गर्नुभएको छ । सोमबार पुजाआजा सहित नगरप्रमुख कृष्ण खाँण र उपप्रमुख कविता तिवारीले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण संगै प्रमुख कृष्ण खाँणले गह्रौ प्राथमिक अस्पताल वालिङमा एक वर्ष भित्र सिएस अर्थात सिजारियान् सेक्सन सेवाको स्थापना गर्ने र ग्रामिण दुई सडकको तत्काल स्तारोन्नति गर्ने निर्णय गर्नुभएको छ । पदभार ग्रहण संगै नगरप्रमुख खाँणले दुई निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सिएस सेवा भनेको नर्मल डेलिभरी हुन नसकेका महिलाहरुका लागि अपरेशन गरी बच्चा जन्माउने सेवा हो ।
वालिङका नागरिक डेलिभरी सेवाका लागि जिल्ला अस्पताल स्याङ्जा, पाल्पा र पोखराका विभिन्न अस्पताल धाउनुपर्ने बाध्य छ् । सिएस सेवासंगै दुई जिल्लाका महिलाहरु लाभान्वित हुनेछन ।
पर्वतका केही पालिका र जिल्लाका गर्भवती महिलाहरु लाभान्वित हुनेछन । यस्तै वालिङ १२ डाँडाखर्क र वालिङ १४ अर्खलबासको ग्रामीण सडक स्तरोन्नति गरिने निर्णय गरिएको छ । उक्त दुई ग्रामिण सडकखण्ड स्तरोन्नति गरी थप दुर्घटनाको जोखिमलाई हटाउन यस्तो निर्णय गरिएको नगरप्रमुख खांणले बताउनुभयो । डाँडाखर्कमा गत बैशाख ४ गते जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने ४ जना घाइते भएका थिए । दुर्घटनामा सात महिना बच्चा र आमाको मृत्यु भएको थियो ।
यसैगरी ३० गते निर्वाचनका दिन मतदाताबोकेको जीप अर्खलबासमा दुर्घटना हुँदा एक गर्भवती सहित १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना ९ जना घाइते भएका थिए । घाइतेहरुको उपचार भैरहेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























