विजेता घोषित हुन भन्दा पहिले वालिङका मेयर खाँण पुगे शोकाकुल परिवारलाई भेट्न
वालिङ,४ जेठ– वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचनको उल्लास भईरहदा वालिङ नगरपालिका १४ को सिख्रे गाउँ भने शकोकमा डुब्यो । निर्वाचनको दिन मतदान गर्नको लागि उत्साहका साथ मतदान स्थल तर्फ आउँदै गरेको जीप अर्खलाबासमा दुर्घटना हुन पुग्यो । दुर्घटनामा गर्भवती महिला सहित १४ जनाको दुखद निधन भयो ।
सिख्रे गाउँका १४ जनाको निधन हुँदा अहिले गाउँ नै शोकमा छ । नागरिकको दुख सुखमा जनप्रतिनिधि संगसंगै हुनुपर्छ भन्ने भावना बोकेका उम्मेदवार कृष्ण खाँण विजेता घोषणा हुँनु भन्दा पहिले दुर्घटनामा ज्यान गुमाउनुभएका परिवारलाई भेटन सिख्रे गाउँमा पुग्नुभयो ।
नगरपालिकामा मतगणना सकाएर घोषणाका लागि तयारी भईरहँदा खाँणले दुर्घटनामा परि निधन हुनुभएका मृतकका आफन्तलाई भेटेर समवेदना दिएर फर्केपछि मात्रै निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको विजेता घोषणा कार्यक्रममा सहभागि हुन पुग्नुभएको थियो ।
खाँणले सोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै त्यहाँ सडक स्तरोन्नती गरी थप दुर्घटना हुँनबाट जोगाउने बताउनुभयो । उहाँले परम्परा अनुसार काजक्रिया सकेपछि आफन्त गुमाउनुभएका परिवारहरु र नगरपालिका बसेर नगरपालिकाले गर्न सक्नेजति सहयोग गर्ने पनि बताउनुभयो ।
ठुलो जनधनको क्षति भएको भन्दै यस्तो घटना नहोस भन्नका लागि त्यहाँको सडक साथै अन्य ग्रामिण सडकको स्तरवृद्धि गरी दुर्घटना हुँनबाट जोगाउने प्रयास गर्ने खाँणको भनाई छ ।
कार्यक्रममा संघिय सांसद तथा पुर्व मन्त्री पदमा अर्यालले स्थानीय सरकारबाट हुने राहत तथा प्रदेश र केन्द्रबाट गर्ने सबैखाले राहतको व्यवस्थाको लागि पहल गर्ने बताउनुभयो ।
दुर्घटना भएको बुधबार छैँठौँ दिनका दिन पूर्व मन्त्री पदमाकुमारी अर्याल, प्रदेश सांसद मोहन रेग्मी, नवनिर्वाचित मेयर कृष्ण खाँणलगायतको टोलीले सिख्रे पुगेर परिवारलाई सान्त्वना तथा समवेदन व्यक्त गर्नुभएको हो ।
यसअघि घाईतेहरुको उपचाररत अस्पताल गण्डकी मेडिकल कलेजमा पुगेर समेत पूर्व मन्त्री अर्यालले घाईतेको घाईतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर उपचार लिएर कुनै पनि कमी नगर्न अस्पतालाई अनुरोध गर्नुभएको थियो । मृत्कका परिवारलाई सहयोग स्वरुपम एक लाख रुपैँया एक मुस्ट रकम हस्तान्तरण गरेको नेकपा एमाले वालिङका नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।