वालिङ नगरपालिकाको नगरप्रमुखमा एमालेका कृष्ण खाँण विजयी
वालिङ,४ जेठ– वालिङ नगरपालिकाको नगरप्रमुखमा (मेयर) नेकपा एमालेका कृष्ण खाँण भारि मतले विजयी हुनुभएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाँणलाई नगरप्रमुखको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको (मेयर) उम्मेदवार बन्नुभएका निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणलाई पराजीत गर्दै कृष्ण खाँण विजयी हुनुभएको हो । एमालेबाट मेयरमा विजयी हुनुभएका कृष्ण खाँणले १३७७६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका उपविजेता दिलिप प्रताप खाँणले ११५९३ मत प्राप्त गर्नुभएको छ ।
यसै गरी उपप्रमुख (उपमेयर) मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी कविता तिवारी विजयी बन्नुभएको छ । तिवारीले नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी खगिसरा थापालाई पराजित गरी विजयी बन्नुभएको हो । नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार भएकी कविता तिवारीले १२८२२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी उपविजेता खगिसरा थापाले १२३४० मत प्राप्त गर्नुभएको छ । १४ ओटा वडा रहेको वालिङ नगरपालिकामा नेकपा एमालेले ८ ओटा वडामा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ ओटा वडामा विजयी भएको छ । नेपाली कांग्रेसले वडा नम्बर १,२,५,१०,११ र १४ मा विजयी भएको छ भने एमालेले वडा नम्बर ३,४,६,७,८,९,१२ र १३ मा विजयी भएको छ ।
यी हुन वालिङ नगरपालिकामा वडा अध्यक्षमा विजयी भएका उम्मेदवारहरु
वडा नम्बर १ नेपाली कांग्रेसः पदमराज गुरुङ
२ नेपाली कांग्रेसः पोतप्रसाद लम्साल
३ नेकपा एमालेः भिमबहादुर गुरुङ
४ नेकपा एमालेः हरिप्रसाद खनाल
५ नेपाली कांग्रेसः छवि आले
६ नेकपा एमालेः श्यामकृष्ण श्रेष्ठ
७ नेकपा एमालेः पाण्डुकुमार थापा
८ नेकपा एमालेः दामोदर तिवारी
९ नेकपा एमालेः अमृत श्रेष्ठ
१० नेपाली कांग्रेसः सुनील खनाल
११ नेपाली कांग्रेसः डण्डापानी पंगेनी
१२ नेकपा एमालेः विश्वजंग गुरुङ
१३ नेकपा एमालेः नमलाल डुम्रे
१४ नेपाली कांग्रेसः राजु कुँवर
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















