वालिङ नगरपालिकाको नगरप्रमुखमा एमालेका कृष्ण खाँण विजयी

वालिङ,४ जेठ– वालिङ नगरपालिकाको नगरप्रमुखमा (मेयर) नेकपा एमालेका कृष्ण खाँण भारि मतले विजयी हुनुभएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाँणलाई नगरप्रमुखको उम्मेदवार बनाएको थियो । नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखको (मेयर) उम्मेदवार बन्नुभएका निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणलाई पराजीत गर्दै कृष्ण खाँण विजयी हुनुभएको हो । एमालेबाट मेयरमा विजयी हुनुभएका कृष्ण खाँणले १३७७६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका उपविजेता दिलिप प्रताप खाँणले ११५९३ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी उपप्रमुख (उपमेयर) मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी कविता तिवारी विजयी बन्नुभएको छ । तिवारीले नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी खगिसरा थापालाई पराजित गरी विजयी बन्नुभएको हो । नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार भएकी कविता तिवारीले १२८२२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी उपविजेता खगिसरा थापाले १२३४० मत प्राप्त गर्नुभएको छ । १४ ओटा वडा रहेको वालिङ नगरपालिकामा नेकपा एमालेले ८ ओटा वडामा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ ओटा वडामा विजयी भएको छ । नेपाली कांग्रेसले वडा नम्बर १,२,५,१०,११ र १४ मा विजयी भएको छ भने एमालेले वडा नम्बर ३,४,६,७,८,९,१२ र १३ मा विजयी भएको छ ।

यी हुन वालिङ नगरपालिकामा वडा अध्यक्षमा विजयी भएका उम्मेदवारहरु
वडा नम्बर १ नेपाली कांग्रेसः पदमराज गुरुङ
२ नेपाली कांग्रेसः पोतप्रसाद लम्साल
३ नेकपा एमालेः भिमबहादुर गुरुङ
४ नेकपा एमालेः हरिप्रसाद खनाल
५ नेपाली कांग्रेसः छवि आले
६ नेकपा एमालेः श्यामकृष्ण श्रेष्ठ
७ नेकपा एमालेः पाण्डुकुमार थापा
८ नेकपा एमालेः दामोदर तिवारी
९ नेकपा एमालेः अमृत श्रेष्ठ
१० नेपाली कांग्रेसः सुनील खनाल
११ नेपाली कांग्रेसः डण्डापानी पंगेनी
१२ नेकपा एमालेः विश्वजंग गुरुङ
१३ नेकपा एमालेः नमलाल डुम्रे
१४ नेपाली कांग्रेसः राजु कुँवर

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal