चापाकोट नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खाँण विजयी

वालिङ,४ जेठ– चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देव बहादुर खाँण (ईश्वर) विजयी हुनुभएको छ । नेपाली कांग्रसका उम्मेदवार देव बहादुर खाँणले ७ हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएका राजु कोइरालाले ६ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी हुनुभएको छ । उहाँले ७ हजार ४१३ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनु भएको छ ।

१० वटा वडा रहेको नगरपालिकाको वडाध्यक्ष भने पाँच पाँच वडाहरु एमाले र कांगे्रसले जितेको छ । वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली काँग्रस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी हुनुभएको छ । यी दुई नगरपालिकासंगै जिल्लाका ११ ओटै स्थानीय तहको मतपरिणाम सार्वजानिक भएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका अध्यक्ष उपाध्यक्षमा एमाले, एक नगरपालिकामा मेयर जितेको छ भने । ४ नगरपालिका मेयर उपमेयर र एक नगरपालिकामा उपमेयर तथा १ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष कांगे्रसले जितेको छ ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal