चापाकोट नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खाँण विजयी

वालिङ,४ जेठ– चापाकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देव बहादुर खाँण (ईश्वर) विजयी हुनुभएको छ । नेपाली कांग्रसका उम्मेदवार देव बहादुर खाँणले ७ हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएका राजु कोइरालाले ६ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी हुनुभएको छ । उहाँले ७ हजार ४१३ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनु भएको छ ।

१० वटा वडा रहेको नगरपालिकाको वडाध्यक्ष भने पाँच पाँच वडाहरु एमाले र कांगे्रसले जितेको छ । वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली काँग्रस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी हुनुभएको छ । यी दुई नगरपालिकासंगै जिल्लाका ११ ओटै स्थानीय तहको मतपरिणाम सार्वजानिक भएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका अध्यक्ष उपाध्यक्षमा एमाले, एक नगरपालिकामा मेयर जितेको छ भने । ४ नगरपालिका मेयर उपमेयर र एक नगरपालिकामा उपमेयर तथा १ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष कांगे्रसले जितेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal