फेदीखाेलामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी
स्याङ्जा,२ जेठ- फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले गठबन्धनका नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभएको हो । सुवेदीले ३ हजार ८३६ मत प्राप्त गनुभएको छ भने उहाँको प्रति द्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई १५९९ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी हुनु भएको हो । एमालेकी देउकुमारी गुरुङले ३ हजार ९७८ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका शिवप्रसाद सुवेदीले २ हजार ३७९ मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पनि घनश्याम सुवेदी गाउँपालिकाको अध्यक्षमा विजयी हुनु भएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















