स्याङजाको भीरकोट र गल्याङ नगरपालिकामा कांग्रेस विजयी


वालिङ,२ जेठ- स्याङजाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई र उपप्रखमा हेमा न्यौपानेले जित्नुभएको छ । सोमबार सम्पन्न मतगणनाका अनुसार नेपाली कांगे्रसका गुरुप्रसाद भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । भट्टराईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्यप्रसाद गैह्रेले ८ हजार ९२२ मत ल्याउनुभएका छ ।
भट्टराई र गैह्रे बीचको मतान्तर ६९९ रहेको छ । त्यस्तै उपप्रमुखमा कांगे्रसकै हेमा न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ९ हजार ११ मत सहित विजयी हुनुभएको हो । उहाँकाका प्रतिष्पर्धी नेकपा एमालेकी देवि थापाले ९ हजार ५५ मत ल्याउनुभएको छ । गल्याङ नगरपालिकामा २९ हजार ५५७ जना मतदाता रहेकोमा १९ हजार ८८० जनाले मतदान गरेका थिए ।
त्यस्तै वडा नं. १, ३, ४, ६, ९ र १० गरी ६ वडामा नेपाली कांगे्रसले वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले वडा नं. २, ७, ८ र ११ मा वडा अध्यक्ष जितको छ भने वडा नं. ५ मा नेकपा माओवादी केन्द्रले जितको छ । २९ हजार ५५७ मतदाता मध्ये १९ हजार ८९० जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका भुपराज अधिकारी विजयी हुनु भएको थियो ।
यसैबीच भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्मचार्य विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो । कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रति द्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ । अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरु विजयी हुनुभएको छ । भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।
५ नगरपालिका रहेको जिल्लामा वालिङमा एमालेको अग्रता रहेको छ भने चापाकोट र पुतलीबजारमा कांग्रेस नै अगाडि रहेको छ । ६ गाउँपालिका मध्ये कालीगण्डकी र हरिनासमा एमालेले जितेको छ । अन्यको मतगणना भईरहेको छ

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal