स्याङजाको भीरकोट र गल्याङ नगरपालिकामा कांग्रेस विजयी
वालिङ,२ जेठ- स्याङजाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई र उपप्रखमा हेमा न्यौपानेले जित्नुभएको छ । सोमबार सम्पन्न मतगणनाका अनुसार नेपाली कांगे्रसका गुरुप्रसाद भट्टराईले ९ हजार ६२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । भट्टराईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्यप्रसाद गैह्रेले ८ हजार ९२२ मत ल्याउनुभएका छ ।
भट्टराई र गैह्रे बीचको मतान्तर ६९९ रहेको छ । त्यस्तै उपप्रमुखमा कांगे्रसकै हेमा न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ९ हजार ११ मत सहित विजयी हुनुभएको हो । उहाँकाका प्रतिष्पर्धी नेकपा एमालेकी देवि थापाले ९ हजार ५५ मत ल्याउनुभएको छ । गल्याङ नगरपालिकामा २९ हजार ५५७ जना मतदाता रहेकोमा १९ हजार ८८० जनाले मतदान गरेका थिए ।
त्यस्तै वडा नं. १, ३, ४, ६, ९ र १० गरी ६ वडामा नेपाली कांगे्रसले वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले वडा नं. २, ७, ८ र ११ मा वडा अध्यक्ष जितको छ भने वडा नं. ५ मा नेकपा माओवादी केन्द्रले जितको छ । २९ हजार ५५७ मतदाता मध्ये १९ हजार ८९० जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका भुपराज अधिकारी विजयी हुनु भएको थियो ।
यसैबीच भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्मचार्य विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै विजयी हुनुभएको हो । कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रति द्वन्दी नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ । अर्यालले ७ हजार १७९ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अधिकारीले ४ हजार ८९८ मत प्राप्त गर्नुभएको छ ।
नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । भीरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडा अध्यक्षबाहेक सम्पूर्ण सीटमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारहरु विजयी हुनुभएको छ । भीरकोट नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो ।
५ नगरपालिका रहेको जिल्लामा वालिङमा एमालेको अग्रता रहेको छ भने चापाकोट र पुतलीबजारमा कांग्रेस नै अगाडि रहेको छ । ६ गाउँपालिका मध्ये कालीगण्डकी र हरिनासमा एमालेले जितेको छ । अन्यको मतगणना भईरहेको छ
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार






















