वालिङलाई ब्यवस्थीत रुपमा विकास गर्न मेरो उम्मेदवारीः कृष्ण खाँण

वालिङ,२४ वैशाख– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरको पदमा उम्मेदवारी दिनुभएका कृष्ण खाँणले वालिङलाई ब्यवस्थीत रुपमा विकास गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।
लामो समय सम्म यसै क्षेत्रमा रहेर जनताको सुखदुःखमा संगै रहेर काम गर्दै आएको र यस क्षेत्रको विकास र समृद्धिको लागि सबै मिलेर काम गर्नुपर्छ भन्ने उद्देयका साथ यस पटकको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको रुपमा उम्मेदवार बनेर आएकोले सबै नगरबासीहरुलाई एमालेका उम्मेदवारहरुलाई मतदान गरेर एक पटक समग्र वालिङको विकास गर्ने कार्यको नेतृत्व गर्ने अवसर प्रदान गर्न समेत नगरप्रमुखका उम्मेदवार खाँणले आग्रह गर्नुभएको छ ।

स्मार्ट सिटीको रुपमा अगाडी बढ्दै गरेको वालिङ नगरपालिकामा ब्यवस्थीत सडक, सुविधा सम्पन्न अस्पताल, स्वच्छ खानेपानीका साथै गुणस्तरिय शिक्षा, नागरिक मैत्री सेवा, कृषहरुलाई प्रोत्साहन गर्दै कृषि उत्पादानमा बृद्धि संसंंगै साना तथा घरेलु उद्योगहरुको स्थापना गरेर नगरभित्रै रारोजगारीको ब्यवस्था मिलाउने र उद्योगी व्यापारिहरुको सहकार्यमा नगरभित्र धेरै भन्दा धेरै रोजगारीका अवसरहरु सृजना गरेर समुन्नत गनरको रुपमा विकास गर्ने लक्षय र योजना अउनुसार आफुले उम्मेदवारी दिएको मेयरका उम्मेदवार कृष्ण खाँणले बताउनुभयो ।

अहिले नगर बासिहरुले सडक देखि खानेपानी लगायतका विभिन्न प्रकारका समस्याहरु झेल्दै आएको बताउदै अहिले देखिएका समस्याहरुको समाधान गर्दै दिर्घकालिन रुपमा वालिङलाई कुन रुपमा अगाडि बढाउने भन्ने योजनाका साथै काम गर्ने समेत नगरप्रमुखका उम्मेदरवार खाँणले बताउनुभयो । वालिङमा कृषि र पर्यटनमा क्षेत्रमा धेरै काम गर्न सकिने भएकोले यस क्षेत्रको विकासको लागि भूगोल र माटो सुहाउदो योजनाको आवश्यक्ता रहेकोले सोही अनुसार काम गर्ने पनि बताउनुभयो ।

उम्मेदवार खाँणले भन्नुभयो, “हाम्रो जिल्ला पहाडी जिल्ला भएकोले यहाँको भूगोल र माटो सुहाउदो काम गर्नुपर्छ, यहाँका अधिकाशंस नागरिकहरु कृषि पेशामा आवद्ध हुनुहुन्छ उहाँहरुलाई ब्यावसायीकता र यान्त्रीकरण संग जोड्ने सकेको अवस्थामा नगरवासीको जिवन स्तरमा परिर्वतन ल्याउन सकिन्छ ।” वालिङ नगरपालिका भित्र रहेका भिन्न गाउँहरुलाई होम स्टेका रुपमा विकास गर्दै आन्तरिक तथा बाहिय पर्यटकलाई भित्रेयाएर यस क्षेत्रमा रोजगारीका अवसरहरुको सृजना गर्न सकिने भएकोले यस क्षेत्रमा भएक प्रचुर सम्भावनाहरुको सहि सदुपयोग गरि समग्र वालिङको विकास गर्न आफुले मेयर पदमा उम्मेदवारी दिएको उम्मेदवार कृष्ण खाँणले बताउनुभयो ।

यसै गरी उपमेयरकी उम्मेदवार खगिसर थापाले नगरभित्र सुशासन कायम गर्दै महिला शसक्ति करणका माध्यामबाट सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आयआर्जनका माध्यमबाट आत्मनिर्भर बनाउने योजना अनुसार उम्मेदवार बनेको बताउनुभयो । चुनावि प्रचारप्रसारकै क्रममा नेकपा एमालेका उम्मेदवाहरुले शुक्रबार बजारक्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेकाछन् ।

घरदैलो कार्यक्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मोहन रेग्मी, गण्डकी प्रदेश कमिटी सदस्यद्वोय हुमबहादुर गुरुङ र उदय श्रेष्ठ सहित मेयरका उम्मेदवार कृष्ण खाँण, उपमेयरका उम्मेदवार खगिसरा थापा, वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार दामोदर तिवारी तथा सदस्यका उम्मेदवाहरुको टोलीले शुक्रबार बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरेको हो । उक्त टोलीले भिआईपी टोल, कटहरबोट, नयाँबजार, केदारनाथ, शितलनगर लगायतका बजारक्षेत्रका मतदाताहरुको घरघरमा पुगेको हो । त्यस्तै शुक्रबार नै बोगटीडाँडा, चिथाकभञ्याङ, मास्कीडाँडा लगायतका स्थानहरुमा समेत घरदैलो कार्यक्रम गरेको नेपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal