नेकपा माओवादीका अध्यक्ष सहित दुई सय बढी एमालेमा प्रवेश, जनताको सेवकले विजयी प्राप्त गर्नेछ ः एमाले सचिव अर्याल
वालिङ २४ बैसाख – निर्वाचन मिति नजिकिँदै गर्दा एमालेमा आर्कषण बढेको छ । स्याङजामा विभिन्न पार्टी परित्याग गरी एमालेमा समाहित हुनेको लहर चलेको छ । एमालेप्रतिको आर्कषणले पनि जिल्लाका ११ वटै तहमा एमालेले विजयी प्राप्त गर्नेछ भन्ने आंकलन गर्न सकिन्छ । जिल्लाको केन्द्र भाग वालिङमा यही बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको सरकार बन्ने चर्चा सर्वत्र चलिरहेको छ । एमाले पार्टी प्रतिको जनलहरले यसपटक वालिङमा एमालेको सरकार बन्ने नागरिकहरुको बुझाई छ ।
शनिबार वालिङमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका वालिङ नगर अध्यक्ष रमेश अर्याल, वाईसिएल जिल्ला सचिव स्विकार कोईराला, विवेकशिल साझाका जिल्ला संयोजक, भिम कोईराला, नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य राजु पौडेल सहित, नेपाली काग्रेस, राप्रपालगायतका अन्य विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी एमालेमा समाहित हुनुभएको हो ।
नगर अध्यक्ष अर्यालले अवको नेतृत्व कम्युनिष्टले मात्रै अगाडि बढाउन सक्ने भन्दै एमालेमा समाहित भएको बताउनुभयो । अवको कम्युनिष्ट नेतृत्वलार्ई जनताको बहुदलीय जनबादले मात्रै अगाडि बढाउन सक्ने भन्दै एमालेमा समाहित भएको उहाँको भनाई थियो । अर्यालले विगतको १५ वर्षको राजनिति पनि गर्विलो रहेको बताउँदै आमा छोराको धार अहिले एक भएको भन्दै निकै भावुक समेत हुनुभयो ।
जनताको सेवकले विजयी प्राप्त गर्नेछ ः एमाले सचिव अर्याल
शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा दाजुभाई, तथा दिदिबहिनीहरुलाई स्वागत गर्नुहुँदै एमाले केन्द्रिय कमिटि सचिव पदमा अर्यालले यसपटकको स्थानिय पालिकामा शासकको होईन जनताको सेवकको जित हुने बताउनुभयो । जनताको सेवा गर्न एमालेका उम्मेदवारहरु अहिले चुनावी मैदानमा रहनुभएकाले जनताको लहरले नेकपा एमालेका उम्मेदवारको जित हुने बताउनुभएको हो ।
वालिङमा यसअगिाडिका निर्वाचनमा प्रमुख प्रतिपक्षीमा मात्रै रहेपनि अहिलेको जनलहरले कृष्ण खांणको नेतृत्वमा स्थानीय सरकार बन्ने ठोकुवा गर्नुभयो । सचिव अर्यालले भन्नुभयोर्, एमाले पार्टीप्र्रतिको विश्वासले यसपटकको निर्वाचनमा एमालेको जित सुनिश्चित छ । जनताले आर्शिवाद दिनुभएको छ । जनताको चाहाना पनि हो । जनताले घोषणा गरिसक्नुभएको छ । यसपटक एमालेको सरकार बन्नेछ ।’
यसअघिको स्थानीय सरकारले जनताका सामु भन्न सक्ने काम केहि नगरेकाले अनावश्यक भ्रम सृजना गर्न खोजेको उहाँले बताउनुभयो । एमालेको सरकार हुँदा केन्द्र र प्रदेश सरकारले वालिङमा धेरै योजनाहरु ल्याएको र ति योजनाहरु सम्पन्न समेत भईसकेको जनता न्यायधिसहरुले प्रत्यक्ष महशुस गर्नुभएपनि निर्वतमान मेयरले आफनो कामका बारेमा भन्न नसकेर अनावश्यक आरोपहरु जनताका माँझ फैलाउने कोशिस गरेको उहाँले बताउनुभयो ।
वालिङमा उद्योग ग्राम निर्माण, अस्पताल, पर्यटकीय स्थलहरु जाने सडक कालोपत्र गर्ने, खानेपानीका योजनाहरु, महिला उद्यमशीलताका लागी आवश्यक तालिमहरु जस्ता थुपै्र योजनाहरु आँफु सरकारमा हुँदा ल्याएको भन्दै अरुका विरुद्ध अनावश्यक भ्रम सृजना गर्न खोज्नु आफनो कमीकमजोरी लुकाउने प्रयास भएको उहाँको भनाई छ ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















