नेकपा एमाले चापाकोटका उम्मेदवार चुनाव प्रचारप्रसारको अभियानमा गाउँगाउँमा

चपाकोट,२० वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारलाई नेकपा एमाले चापाकोले तिब्र बनाएकोछ ।
नेकपा एमालेबाट चापाकोट नगरपालिकाको मेयरका उम्मेदवार राजु कोइराला र उपमेयरकी उम्मेदवार सृष्टि मल्ल सहित एमाले नेता एवं कार्यक्रता सहितको टोली एमाले उम्मेदवारलाई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी बनाउन जनताको घरदैलोमा पुगेकाछन् ।

एमालेका तर्फबाट चापाकोट नगरपालिकाको लागि मेयरका लागि उम्मेदवारी दिनुभएका चपाकोट नगर कमिटी एमालेका अध्यक्ष राजु कोइरालाले गाउँगाउँमा पुगेर आफ्नो उम्मेदवारी र आफु निर्वाचित भएपछि आफुले गर्ने कामको समेत प्रतिवद्धता जनाउदै यस पटकको निर्वाचनमा एमालेका सबै उम्मेदवारहरुलाई मतदान गरेर अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्नुभएको छ । सामाजिक क्षेत्रमा लोकप्रिय रहनुभएका युवा नेता कोइरालाको उम्मेदवारीले चापाकोट बासिमा उत्साहित बनाएको छ । कोइरालाले समग्र चापाकोटको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएकोले एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यसै गरि उपमेयरकी उम्मेदवार सृष्टि मल्लले एमाले जनताको हितमा काम गर्ने जनताको प्यारो पार्टी भएकोले एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभयो । चापाकोट अनेम संघकी उपाध्यक्ष समेत रहनुभएकी मल्लले समग्र चापाकोट बासी महिला दिदीबहिनीहरुको हक अधिकार र समग्र चापाकोटको विकासको लागि आफुले उम्मेदवारी दिएको बताउदै यस क्षेत्रको विकासका लागि निरन्तर काम गर्ने समेत बताउनुभयो । चापाकोट नगरपालिकाको वडा नम्बर ६, ७ लगायतका वडाहरुमा घरदैलो अभियान गरिएको र अभियान निरन्तर चलिरहेको नेकपा एमाले चपाकोटले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal