निर्वाचन संहिता विपरीत वितरण गर्न लागिएको पाईप नियन्त्रणमा

वालिङ,१६ वैशाख- स्याङ्जाकाे वालिङमा यही वैशाख ३० गते हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले वितरण गर्न लागिएको पाईप प्रहरीले नियन्त्रणमा लिईएको छ । निर्वाचन आचारसंहिता विपरीत वालिङ १२ डाँडाखर्कमा पाईप वितरण गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपा एमाले निकट युवाहरूले डाँडाखर्क लैजादै गरेको पाईप वालिङ वडा नंं १२ र १३ को संगम स्थान दोबिल्लामा भेटेपछि प्रहरीको जिम्मा लगाएका हुन् ।
युवाहरूले निर्वाचन आंचारसंहिता विपरीत नागरिक तथा मतदातालाई प्रभावित पार्ने उद्देश्यले चुनावको मुखमा वितरण गर्न नदिने भन्दै प्रहरी बोलाएर उक्त पाइप प्रहरीको जिम्मा लगाएका हुन् ।
युवाहरुले वालिङ १२ का काङ्ग्रेस उम्मेदवारहरुले निर्वाचन प्रभावित पार्न नियम विपरीत पाइप बाढ्न लागेको दाबी गरेका छन् ।
यता वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रनपालले वालिङ नगरपालिकाले याेजनाकाे लागि बजेट छुट्पाटिएकाे र साेहि याेजनाकाे लागि आफुले पाईप पठाएको बताउनु भएकाेछ तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले भने पाईप वितरणको कुनै सम्झौता नभएको र निर्वाचन आचारसंहिताका बारेमा आफू सचेत रहेकाे बताउदै याेजनाकाे विना सम्झाैता सामान पठाउन नमिल्ने बताउनु भयाे। यसरी कार्यपालिका सदस्यले बिना सम्झाैता यसरी चुनावकाे मुखमा सामान वितरण गर्नुले नगरपालिकाकाे रकम दुरुपयाेग भएकाे तथ्यलाई उदाङ्गाे पारेकाे छ। रनपाल कांगे्रसबाट निर्वाचित वालिङ नगर कार्यपालिका सदस्य हुनुहुन्छ। वडाप्रहरी कार्यालय वालिङले नियनत्रणमा लिइएकाे पाईप वडाप्रहरी कार्यालयमा राखिएकाे र हाल सम्म साे पाईपका बारेमा दावि गर्न काेही पनि नआएकाे वडाप्रहरी कार्यालय वालिङले जनाएकाे छ। चुनावलाई प्रभावित गर्न पाँच बन्डल पाईप लगिएकाेमा सबै पाईप प्रहरीकाे नियन्त्रणमा रहेकाे छ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal