गल्याङमा एमालेका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेकपा एमालेले गल्याङ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको छ ।

गल्याङ नगरपालिकाको नगरप्रमुखको लागि सूर्य प्रसाद गैरे (पारसले) उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि देवि थापाले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले गल्याङ नगर कमिटीले जनाएको छ । नगरप्रमुखका उम्मेदवार गैरे सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको एमालेले जनाएको छ । उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।

उम्मेदवारी दर्ता गराए संगै नगरप्रमुखका उम्मेदवार सूर्य प्रसाद गैरे (पारसले) गल्याङ नगरपालिकाका जनताको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । नगरप्रमुखका उम्मेदवार गैरेले आफ्नो टिमलाई वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी अध्याधिक बहुमतका साथ विजयी गराउन आग्रह समेत गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष समेत रहनुभएका युवा नेता गैरेले जनताको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउदै नेकपा एमालेका उम्मेदवारहरुलाई गल्याङमा मात्रै नभएर जिल्ला भरका सबै पालिकामा विजयी गराउन नुरोध गर्नुभयो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal