गल्याङमा एमालेका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेकपा एमालेले गल्याङ नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको छ ।
गल्याङ नगरपालिकाको नगरप्रमुखको लागि सूर्य प्रसाद गैरे (पारसले) उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि देवि थापाले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले गल्याङ नगर कमिटीले जनाएको छ । नगरप्रमुखका उम्मेदवार गैरे सहित उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको एमालेले जनाएको छ । उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै नगरप्रमुखका उम्मेदवार सूर्य प्रसाद गैरे (पारसले) गल्याङ नगरपालिकाका जनताको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । नगरप्रमुखका उम्मेदवार गैरेले आफ्नो टिमलाई वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरी अध्याधिक बहुमतका साथ विजयी गराउन आग्रह समेत गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष समेत रहनुभएका युवा नेता गैरेले जनताको मतलाई सहिरुपमा सदुपयोग गर्ने बताउदै नेकपा एमालेका उम्मेदवारहरुलाई गल्याङमा मात्रै नभएर जिल्ला भरका सबै पालिकामा विजयी गराउन नुरोध गर्नुभयो ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार