चापाकोटमा एमालेका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता
वालिङ,१२ वैशाख– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अन्तिम दिन आज नेकपा एमालेले चापाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको छ ।
चापाकोट नगरपालिकाको नगरप्रमुखको लागि राजु कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने उपप्रमुखको लागि सृष्टि मल्लले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले चपाकोट नगर कमिटीले जनाएको छ । नगरप्रमुखका उम्मेदवार कोइराला सहित वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगरेर उम्मेदवारी दर्ता गराएको एमालेले जनाएको छ । उम्मेदवारी दर्ताको लागि एमाले कार्यकर्ताहरु नाराजुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै नगरप्रमुखका उम्मेदवार राजु कोइरालाले सम्रग चापाकोटको विकासको लागि आफुले उम्मेदवारी दिएको बताउदै आफ्नो टिमलाई वैशाख ३० गते हुने निर्वाचनमा मतदान गरेर सहयोग गर्न समेत आग्रह गर्नुभयो । एमाले चापाकोट नगरकमिटीका अध्यक्ष समेत रहनुभएका कोइराला युवाहरुको माझ निकै लोकप्रिय रहेका छन् ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार


























