एमाले आँधिखोलाका उम्मेदवारले गरे निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता

स्याङ्जा,११ वैशाख– नेकपा एमालेको तर्फबाट आँधिखोला गाउँपालिकाका उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेको तर्फबाट छनोटभएका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय आँधिखोला गाउँपालिका कृषिमा पुगेर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ६ ओटै वडाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ३२ पदमा मनोनयन दर्ता गराएकाहुन ।

एमालेले गाउँपालिकाको अध्यक्षमा विश्वनाथ पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाएको थियो । पार्टी कार्यक्रता सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेल र उपाध्यक्षका उम्मेदवार सीता थापाले उम्मेदवारी दर्ता गराएका हुन ।
२०७४ सालको स्थानीय चुनावमा शतप्रतिशत जित निकालेको नेकपा एमालेले यो चुनावमा पनि सोही नतिजा दोर्होयाएर अघिल्लो कार्यकालमा शुरु भएका आँधिखोलाबासीका सपनाहरु पूरा गर्दै युवालाई प्रविधि संगसगै उद्धमशिल र स्वरोजगार बनाउने योजना रहेको अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेलले बताउनुभयो ।

अध्यक्ष उम्मेदवार विश्वनाथ पौडेल नेकपा एमाले स्याङ्जा जिल्ला कमिटीका उपसचिव हुनुहुन्छ भने उपाध्यक्ष उम्मेदवार सीता थापा नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाकी सदस्य हुनुहुन्छ ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal