एमाले आँधिखोलाका उम्मेदवारले गरे निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता
स्याङ्जा,११ वैशाख– नेकपा एमालेको तर्फबाट आँधिखोला गाउँपालिकाका उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेको तर्फबाट छनोटभएका उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय आँधिखोला गाउँपालिका कृषिमा पुगेर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ६ ओटै वडाका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ३२ पदमा मनोनयन दर्ता गराएकाहुन ।
एमालेले गाउँपालिकाको अध्यक्षमा विश्वनाथ पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाएको थियो । पार्टी कार्यक्रता सहित निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेल र उपाध्यक्षका उम्मेदवार सीता थापाले उम्मेदवारी दर्ता गराएका हुन ।
२०७४ सालको स्थानीय चुनावमा शतप्रतिशत जित निकालेको नेकपा एमालेले यो चुनावमा पनि सोही नतिजा दोर्होयाएर अघिल्लो कार्यकालमा शुरु भएका आँधिखोलाबासीका सपनाहरु पूरा गर्दै युवालाई प्रविधि संगसगै उद्धमशिल र स्वरोजगार बनाउने योजना रहेको अध्यक्षका उम्मेदवार विश्वनाथ पौडेलले बताउनुभयो ।
अध्यक्ष उम्मेदवार विश्वनाथ पौडेल नेकपा एमाले स्याङ्जा जिल्ला कमिटीका उपसचिव हुनुहुन्छ भने उपाध्यक्ष उम्मेदवार सीता थापा नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाकी सदस्य हुनुहुन्छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















