एमाले अर्जुनचौपारी गाउँपालिकाले छान्यो उम्मेदवार, अध्यक्षमा गुरुङ र उपाध्यक्षमा खनाल
वालिङ,१० वैशाख– नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाले यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार छनोट गरेको छ ।
गाउँकमिटीले आज चीन माया गुरुङलाई अध्यक्षमा र टंकप्रसाद खनाललाई उपाध्यक्षमा चयन गरेको हो । चीन माया गुरुङ गाउँपालिकाको बहालवाला उपाध्यक्ष समेत हुनुहुन्छ । यो संगै एमालेले जिल्लाको चार पालिकामा प्रमुख र उपप्रमुख छनोटको कार्य सम्पन्न गरेको छ । यस अघि वालिङ नगरपालिकाको नगरप्रमुख (मेयर) को उम्मेदवारमा कृष्ण खाँणलाई सर्वसम्मत रुपमा चयन भइ सक्नुभएको छ भने नगरउपप्रमुख (उपमेयर)को उम्मेदवारमा खगीसरा थापालाई चयन गरेको छ । सर्वसम्मत रुपमा चयन हुनुभएका खाँण नेकपा एमाले स्ङ्जाका जिल्ला उपाध्यक्ष हुनुहन्छ भने थापा जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।
यसै गरी नेकपा एमालेले आँधिखोला गाउँपालिकामा विश्व पौडेललाई गाउँपालिका प्रमुख र सीता थापालाई उपप्रमुखको उम्मेदवारमा सहमतिमै चयन गरिसकेको छ । गाउँपालिकाको प्रमुख (अध्यक्ष) को उम्मेदवारको रुपमा चयन हुनुभएका पौडेल नेकपा एमाले जिल्ला कमिटीको उपसचिव एवं पार्टीको प्रचारप्रसार विभागको प्रमुख हुनुहुन्छ भने सीता थापा जिल्ला समन्वय समितीको सदस्य हुनुहुन्छ । हरिनास गाउँपालिकामा अध्यक्षको उम्मेदवारको रुपमा खिमनारायण मानन्धरलाई अगाडी सारिएको छ । नेकपा एमाले हरिनास गाउँकमिटीले मानन्धरलाई सर्वसम्मत रुपमा पालिकाको प्रमुख (अध्यक्ष)को उम्मेदवारको रुपमा चयन गरेको हो । उपाध्यक्षमा इन्द्र कुमारी थापा रानालाई अगाडी सारिएको छ । मान्नधर हरिनास गाउँपालिकाको बहालवाला अध्यक्ष समेत हुनुहुन्छ ।
एमालेले सकेसम्म सहमतिमै उम्मेदवार बनाउने योजना अनुसार ११ ओटा स्थानीय तह रहेको स्याङ्जामा उम्मेदवार छनोट प्रकृया स्थानीय कमिटी मार्फत भइरहेको जिल्ला अध्यक्ष सूयप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले वडा अध्यक्षका उम्मेदवारहरु समेत सहमतिमा टुङ्ग्याउदै आएको छ भने केही ठाँउमा बाकी रहेको स्थानीय कमिटीहरले जनाएकाछन् ।
ताजा
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार






















