एमाले अर्जुनचौपारी गाउँपालिकाले छान्यो उम्मेदवार, अध्यक्षमा गुरुङ र उपाध्यक्षमा खनाल
वालिङ,१० वैशाख– नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाले यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार छनोट गरेको छ ।
गाउँकमिटीले आज चीन माया गुरुङलाई अध्यक्षमा र टंकप्रसाद खनाललाई उपाध्यक्षमा चयन गरेको हो । चीन माया गुरुङ गाउँपालिकाको बहालवाला उपाध्यक्ष समेत हुनुहुन्छ । यो संगै एमालेले जिल्लाको चार पालिकामा प्रमुख र उपप्रमुख छनोटको कार्य सम्पन्न गरेको छ । यस अघि वालिङ नगरपालिकाको नगरप्रमुख (मेयर) को उम्मेदवारमा कृष्ण खाँणलाई सर्वसम्मत रुपमा चयन भइ सक्नुभएको छ भने नगरउपप्रमुख (उपमेयर)को उम्मेदवारमा खगीसरा थापालाई चयन गरेको छ । सर्वसम्मत रुपमा चयन हुनुभएका खाँण नेकपा एमाले स्ङ्जाका जिल्ला उपाध्यक्ष हुनुहन्छ भने थापा जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।
यसै गरी नेकपा एमालेले आँधिखोला गाउँपालिकामा विश्व पौडेललाई गाउँपालिका प्रमुख र सीता थापालाई उपप्रमुखको उम्मेदवारमा सहमतिमै चयन गरिसकेको छ । गाउँपालिकाको प्रमुख (अध्यक्ष) को उम्मेदवारको रुपमा चयन हुनुभएका पौडेल नेकपा एमाले जिल्ला कमिटीको उपसचिव एवं पार्टीको प्रचारप्रसार विभागको प्रमुख हुनुहुन्छ भने सीता थापा जिल्ला समन्वय समितीको सदस्य हुनुहुन्छ । हरिनास गाउँपालिकामा अध्यक्षको उम्मेदवारको रुपमा खिमनारायण मानन्धरलाई अगाडी सारिएको छ । नेकपा एमाले हरिनास गाउँकमिटीले मानन्धरलाई सर्वसम्मत रुपमा पालिकाको प्रमुख (अध्यक्ष)को उम्मेदवारको रुपमा चयन गरेको हो । उपाध्यक्षमा इन्द्र कुमारी थापा रानालाई अगाडी सारिएको छ । मान्नधर हरिनास गाउँपालिकाको बहालवाला अध्यक्ष समेत हुनुहुन्छ ।
एमालेले सकेसम्म सहमतिमै उम्मेदवार बनाउने योजना अनुसार ११ ओटा स्थानीय तह रहेको स्याङ्जामा उम्मेदवार छनोट प्रकृया स्थानीय कमिटी मार्फत भइरहेको जिल्ला अध्यक्ष सूयप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले वडा अध्यक्षका उम्मेदवारहरु समेत सहमतिमा टुङ्ग्याउदै आएको छ भने केही ठाँउमा बाकी रहेको स्थानीय कमिटीहरले जनाएकाछन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















