निर्वाचन नगराउने खेलमा गठबन्धनः एमाले सचिव अर्याल


वालिङ,१० माघ– नेपाल कम्युनिष्ट पार्टी नकपा (एमाले) केन्द्रीय कमिटी सचिव पद्मा कुमारी अर्यालले गठबन्धनमा रहेका दलहरु निर्वाचन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

सरकारमा रहेका गठबन्धनमा आवद्ध दलहरु निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन गर्नुको सट्टा निर्वाचनलाई पर धकेलन चलखेलमा लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको पाँचौ जिल्ला अधिवेशनको वालिङमा उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी एमाले नेतृ अर्यालले सो कुरा बताउनुभएको हो ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै एमाले सचिव अर्यालले भन्नुभयो, “स्थानीय तहको निर्वाचन समयमै गर्नुको सट्टा गठबन्धनको सरकार कानूनी छिद्रको माध्यमबाट निर्वाचन नगरेर देशलाई नै रिक्तताको स्थीतिमा पुर्याउन लागि परेको छ । लोकतन्त्रको कुरा गरेर नथाकनेहरु नै जनताप्रति विश्वास गर्न नसक्नु यो भन्दा लज्जा अरु के हुन सक्छ ।” निर्वाचनको कुरा कानूनी भन्दा पनि राजनीतिक विषय भएकोले यसलाई राजनीतिक ढंगबाटै टुङग्याउनुका साथै समयमै निर्वाचन मात्रै एक मात्र विकलप रहेको बताउनुभयो । अरुलाई प्रतिगामी देख्नेहरुले आफुलाई लोकतान्त्रीक देखानकै भएपनि चुनावमा गएर जनताबाट परीक्षण हुन समेत अर्यालको चुनौती थियो । अघिल्लो पटक भएको निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धन सरकार निर्वाचनबाट भाग्न खाजेको र आट भए छिटो चुनावको घोषणा गर्न समेत माग गर्नुभयो ।

सञ्चार माध्यमले सत्यतथ्य र विश्वासनिय कुराहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिदै बनावटी कुराले विश्वास घट्दै जाने भएकाले आफ्नो विश्वासनियता कायम राख्नुपर्नेमा समेत अर्यालले जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी,एमाले जिल्ला अध्यक्ष पारस गैरे, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पे्रस चौतारी केन्द्रीय सदस्य हिमलाल पराजुली,नेपाली कांग्रेस जिल्ला उपसभापति केदार काफ्ले,एमाले नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रेलगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल स्याङ्जा शाखाका अध्यक्ष मुक्ति न्यौपानेको अध्यक्षता जिल्ला सदस्य गोपाल जिटिको स्वागत र सहसचिव शुसिल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal