निर्वाचन नगराउने खेलमा गठबन्धनः एमाले सचिव अर्याल


वालिङ,१० माघ– नेपाल कम्युनिष्ट पार्टी नकपा (एमाले) केन्द्रीय कमिटी सचिव पद्मा कुमारी अर्यालले गठबन्धनमा रहेका दलहरु निर्वाचन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

सरकारमा रहेका गठबन्धनमा आवद्ध दलहरु निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन गर्नुको सट्टा निर्वाचनलाई पर धकेलन चलखेलमा लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको पाँचौ जिल्ला अधिवेशनको वालिङमा उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी एमाले नेतृ अर्यालले सो कुरा बताउनुभएको हो ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै एमाले सचिव अर्यालले भन्नुभयो, “स्थानीय तहको निर्वाचन समयमै गर्नुको सट्टा गठबन्धनको सरकार कानूनी छिद्रको माध्यमबाट निर्वाचन नगरेर देशलाई नै रिक्तताको स्थीतिमा पुर्याउन लागि परेको छ । लोकतन्त्रको कुरा गरेर नथाकनेहरु नै जनताप्रति विश्वास गर्न नसक्नु यो भन्दा लज्जा अरु के हुन सक्छ ।” निर्वाचनको कुरा कानूनी भन्दा पनि राजनीतिक विषय भएकोले यसलाई राजनीतिक ढंगबाटै टुङग्याउनुका साथै समयमै निर्वाचन मात्रै एक मात्र विकलप रहेको बताउनुभयो । अरुलाई प्रतिगामी देख्नेहरुले आफुलाई लोकतान्त्रीक देखानकै भएपनि चुनावमा गएर जनताबाट परीक्षण हुन समेत अर्यालको चुनौती थियो । अघिल्लो पटक भएको निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धन सरकार निर्वाचनबाट भाग्न खाजेको र आट भए छिटो चुनावको घोषणा गर्न समेत माग गर्नुभयो ।

सञ्चार माध्यमले सत्यतथ्य र विश्वासनिय कुराहरुलाई बाहिर ल्याउनुपर्नेमा जोड दिदै बनावटी कुराले विश्वास घट्दै जाने भएकाले आफ्नो विश्वासनियता कायम राख्नुपर्नेमा समेत अर्यालले जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मी,एमाले जिल्ला अध्यक्ष पारस गैरे, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पे्रस चौतारी केन्द्रीय सदस्य हिमलाल पराजुली,नेपाली कांग्रेस जिल्ला उपसभापति केदार काफ्ले,एमाले नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रेलगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल स्याङ्जा शाखाका अध्यक्ष मुक्ति न्यौपानेको अध्यक्षता जिल्ला सदस्य गोपाल जिटिको स्वागत र सहसचिव शुसिल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal