एमाले स्याङ्जाको अध्यक्षमा पारस गैरे निर्वाचित
तस्विरः कालिगण्डकी खबर
स्याङ्जा,२७ पुस– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला अध्यक्षमा सुर्यप्रसाद गैरे (पारस) निर्वाचित हुनुभएको छ ।
शुक्रबार देखि जिल्ला सदरमुकामा सुरुभएको आर्ठौ अधिवेशनमा सहमतीको आधारमा नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि सोमबार निर्वाचन भएको थियो ।
मंगलबार (आज) सम्पन्न मत गणनाको परिणाम अनुसार सुर्यप्रसाद गैरे (पारस) अर्का अध्यक्षका प्रत्यासी नारायण मरासिनीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित गैरेले ४४० मत प्राप्त गर्नुभएको छ भने नारायण मरासिनीले २५७ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा भने कृष्ण खाँण यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसैगरी सचिवमा राजेन्द्र डुम्रे विजयी हुनुभएको छ । डुम्रेले ३९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी भुपराज अधिकारीले २८० मत प्राप्त गर्नुभएको छ । उपसचिवमा विश्व पौडेल ३९५ मत र तारा शर्मा ३७३ मतसहित विजयी हुनुभएको छ । ७०९ मत मध्ये सोमबार सम्पन्न मतदानमा ६९८ मत खसेको थियो ।
विजयी गैरे माओवादी हुदै एमाले र माओवादी एकीकरण पश्चात बनेको नेकपाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो भनेल मरासिनी स्याङ्जा क्षेत्र नम्बर एक बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
सहमतीको प्रयास सफल हुन नसकेपछी गैरे र मरासिनी आआफ्नो प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिनु भएको थियो । १ सय ५ सदस्यि जिल्ला कमिटीमा पधाधिकारीको मत गणनाको नतिजा आएपनि यो समाचार तयार पार्दा सम्म सदस्यहरुको भने नतिजा आइसकेको थिएन ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















