सूर्योदय बचत तथा ऋण सहकारीकाे बीसौं साधारण सभा सम्पन्न
मिरा मल्ल
स्याङ्जा,४ पुस- पुतलीबजार नगरपालिका ३ सूर्याेदय मार्गमा केन्द्रीय कार्यालय रहेकाे सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शनिबार सम्पन्न भएको छ ।
वि. स. २०५५ सालमा ३ जनाकाे अनन्तकुमार श्रेष्ठ, रविन्द्र प्रसाद श्रेष्ठ र विद्या श्रेष्ठ रू २०/२० गरि जम्मा रू ६० जम्मा गरि सूर्याेदय बचत समुह रूपमा शुरू गरिएकाे यश संस्थाकाे हाल ५ वटा सेवा केन्द्रबाट सेवा दिईरहेकाे छ । संस्थाको केन्द्रीय कार्यालय स्याङ्जा पुतलीबजार ३ बाडखोलामा बाडखाेला र स्याङ्जा सेवा केन्द्र र जुग्ले सेवा केन्द्रकाे आधिखाेला गाउपालिका जुग्लेमा र बिरुवा सेवा केन्द्रकाे बिरुवा गाउपालिका विरूवामा समेत साधारण सभा तथा अधिवेशन एकैसाथ सम्पन्न भएको कार्यालयले जनाएको छ ।
बाडखोलाको शिशु निकेतन विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक विद्याकुमारी श्रेष्ठले सूर्योदय सहकारी छिटै प्रगतिपथमा अगाडि बढेको देख्दा आफू निकै खुसी भएको बताउनु भयो । संस्थाका प्रमुख संरक्षक अनन्तकुमार श्रेष्ठले सहकारीकाे मूल्य मान्यता अनुसार सदस्यहरूकाे समृद्धिमा केन्द्रित हुनु पर्ने र सबै शेयरधनिहरूले नियमित संस्थाकाे कार्यक्रममा सहभागी हुनुपर्ने बताउनु भयाे । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले सूर्योदय सहकारीले आगामी दिनमा उत्पादमूलक क्षेत्रमा लगानी बढाउँदै सामाजिक उत्तरदायित्वका सेवा क्षेत्रहरुको विस्तार गरिने बताउनभुयो । कार्यक्रममा पुरुषोतम शर्मा, भरतबहादुर मल्ल, गोविन्दप्रसाद शर्मा, रविन्द्रप्रसाद श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा एसईई, प्रविणता प्रमाणपत्र तह, स्नातक, स्नातकोत्तर गर्ने सेयर सदस्यका सन्ततिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा धेरै बचत गर्ने सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा उत्कृष्ट कर्मचारीतर्फ जुग्ले शाखाकी कनिष्ठ सहायक सङ्गीता लामिछानेलाई र उत्कृष्ट सेवा केन्द्रतर्फ जुग्ले शाखालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट जिम्मेवारी वहन गरेवापत संस्थाका उपाध्यक्ष बलराम दोरङ्गा र सचिव नारायण रेग्मीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, लेखाको प्रतिवेदन लगायत विभिन्न समितिका प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए । सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हुमबहादुर कुमालले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव नारायण रेग्मीले गर्नुभएको थियो।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















