वालिङमा नेवारी नृत्य कार्यशाला गोष्ठी
गोपाल जिटी
वालिङ,४ पुस- वालिङमा नेवारी नृत्य (धिमे र कुमारी) कार्यशाला गोष्ठी सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेश पोखराद्वारा आयोजित नेवारी नृत्य (धिमे र कुमारी) कार्यशाला गोष्ठी आइतबारदेखि सुरु भएको हो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का विखर्चीले विदेशका विभिन्न मुलुकमा जाँदा आँप्mनो नेपाली पोशाक सहित मौलिकता झल्कने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । विश्वका धेरै देशमा नेपालीहरु पुगेको उल्लेख गर्दै कूलपति खड्काले जहाँजान्छौं त्यहाँ आँप्mनो पोशाक सहित मौलिक कला र संस्कृति झल्कने गतिविधिले देशको पहिचान झल्कने बताउनुभयो । पुर्खाहरु विगतका दिनमा विदेशजाँदा किन टाइसुट नलगाएर दौरा सुरुवाल लगाए भन्नेहरुलाई नेपालीको पहिचान झल्काएको महसुस गराएका थिए । विविध भाषा र कला भएको देशका नागरिक भनेर परिचित हामी नेपालीहरुले सोहि अनुसारको गतिविधि गर्नुपर्ने कूलपति खड्काको भनाई छ । साहित्य होस् या कला जुनसुकै विधामा पनि नेपालीपन झल्कने प्रस्तुति दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले संसारको जुनसुकै देशमा नेपाली कलाकर्मिहरु जाँदा आँप्mनै मौलिकता झल्किने कला र संस्कृति प्रस्तुत गर्न आग्रह गर्नुभयो । हाम्रो आँप्mनोपनमा गर्व गर्नुपर्ने उल्लेख गर्दै कूलपति खड्काले नयाँ पुस्तालाई प्रशिक्षित र मौलिक संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि प्रज्ञा प्रतिस्ठान लागिपरेको बताउनुभयो ।
सप्तक संगीत विद्यालय वालिङको समन्वयमा सञ्चालित कार्यक्रममा वालिङ क्षेत्रका नेवार समुदायका युवा युवतिहरुलाई नेवारी नृत्य सम्वन्धी प्रशिक्षण गराइने आयोजकले जनाएको छ । पुस ४ गते आइतबारदेखि सुरु गरिएको गोष्ठी ८ गते बिहीबारसम्म सञ्चालन हुने छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















