सिपमूलक शिक्षा आजको आवश्यकताः पूर्व मन्त्री अर्याल
वालिङ,५,पुस– नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले सिपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । गण्डकी प्रदेशकै पुरानो वालिङ बहुमुखी क्याम्पसको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी एमाले नेतृ अर्यालले साधारण शिक्षण पद्धतिलाई परिमार्जन गर्दै समयअनुकुल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
अबको शिक्षाले सहज जीवनयापनमा अभिप्रेरित गर्नुपर्ने भन्दै अर्यालले बोलीखाने शिक्षा भन्दा गरी खाने शिक्षा आजको आवश्यकता बताउनुभयो । साथै उहाँले वालिङ क्याम्पसको भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि आवस्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पसलाई आंगिक क्याम्पस बनाउनका लागि प्रतिवद्ध रहेको बताउदै सिपमूलक तथा प्राविधिक शिक्षा थप गर्नका लागि पहल गर्ने अर्यालले बताउनुभयो ।
मंसिर २८ गतेदेखि पुस ४ गते आइतबार सम्म क्याम्पसले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । क्याम्पसले वार्षिकोत्सवका अवसरमा संस्थापक तेजप्रसाद काफ्ले, कर्मचारी लोकनाथ बगाले, विभिन्न सेवा प्रदान गर्नुहुँने रुपेश प्रजापती, उदय पौडेल, देवेन्द्र भट्टराई, भुवन काफ्ले, अकिल शाही, अक्षयकोष दाता नन्दकुमारी श्रेष्ठ लगायतलाई सम्मान समेत गरेको थियो ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















