सिपमूलक शिक्षा आजको आवश्यकताः पूर्व मन्त्री अर्याल

वालिङ,५,पुस– नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले सिपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । गण्डकी प्रदेशकै पुरानो वालिङ बहुमुखी क्याम्पसको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएकी एमाले नेतृ अर्यालले साधारण शिक्षण पद्धतिलाई परिमार्जन गर्दै समयअनुकुल बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

अबको शिक्षाले सहज जीवनयापनमा अभिप्रेरित गर्नुपर्ने भन्दै अर्यालले बोलीखाने शिक्षा भन्दा गरी खाने शिक्षा आजको आवश्यकता बताउनुभयो । साथै उहाँले वालिङ क्याम्पसको भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि आवस्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पसलाई आंगिक क्याम्पस बनाउनका लागि प्रतिवद्ध रहेको बताउदै सिपमूलक तथा प्राविधिक शिक्षा थप गर्नका लागि पहल गर्ने अर्यालले बताउनुभयो ।

मंसिर २८ गतेदेखि पुस ४ गते आइतबार सम्म क्याम्पसले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । क्याम्पसले वार्षिकोत्सवका अवसरमा संस्थापक तेजप्रसाद काफ्ले, कर्मचारी लोकनाथ बगाले, विभिन्न सेवा प्रदान गर्नुहुँने रुपेश प्रजापती, उदय पौडेल, देवेन्द्र भट्टराई, भुवन काफ्ले, अकिल शाही, अक्षयकोष दाता नन्दकुमारी श्रेष्ठ लगायतलाई सम्मान समेत गरेको थियो ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्यनरत छन । साथै वालिङ बहुुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगबाट सुनिश्चिता तथा प्रत्यायनकृत क्यूएए भएको क्याम्पस हो ।

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal